सुनसरीको प्रकाशपुरमा समपन्न नेबिल ओभरसिज फुटबलको उपाधी डाँगीहाट फुटबल क्लब बेलबारी मोरङले जितेको छ । प्रकाशपुर माबिको खेल मैदानमा आज समपन्न फाइनलमा बेलबारीले गोधुली फुटबल क्लब धरानलाई ३ – १ गोल अन्तरमा पराजित गरेको हो ।
खेलको पहिलो हाफ १ – १ गोलको बराबरीमा सकिएको थियो । पहिलो हाफमा अग्रता डाँगीहाटले लिएको थियो । पहिलो हाफको अन्त्यतिर गोधुली फुटबल क्लब धरानले बराबरी गोल फर्काएपनि दोस्रो हाफमा २ गोल खान पुगेको थियो । धरानले गोल फर्काउन सकेन र बेलबारीले खेल ३ – १ ले जित्यो ।


उपाधी बिजेता बेलबारीले ट्रफि सहित नगद १ लाख हात पारेको छ भने उपबिजेतामा चित्त बुझाएको धरानले ५० हजार प्राप्त गरेको छ ।कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव बिष्ट र आयोजक नेबिल ओभरिसज प्रालीकी प्रोपाइटर राधिका कटवालले पुरस्कार बितरण गरेका थिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia