- अमर काफ्ले

फूलपातीको साँझ सुनसरीको इनरुवा मङगोलियन मय बन्न पुग्यो । छिप्पिँदो चिसोको पर्वाह नगरी महेन्द्रचौकमा भेला भएका इनरुवाबासी इनरुवा इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको मेघा रिदम इभ २०१८ मा राजु लामा एण्ड बैण्डको प्रस्तुतीमा झुमेका थिए ।

स्थानीय कलाकार रविन नेपाल सहितका केही बैण्डले सुरुवाती प्रस्तुती पस्केपनि दर्शककालागि आर्कषण भने राजु लामा थिए । नेपालको झण्डा बोकी राष्ट्रिय गित गाउँदै स्टेज उत्रिदै गर्दा नगरवासीको तालीको गरगडाहटले स्वागत पाएका राजु लामाले एकपछि अर्को सांगितिक प्रस्तुती दिँदै भण्डै २ घण्टा इनरुवाबासीमाझ बिताए ।

२५ औं वर्ष गाँठ मनाउने क्रममा मुलुकका विभिन्न स्थानमा पुगेर कन्सर्टमा सहभागिता जनाउँदै गर्दा इनरुवा इभेन्टले मङगोलिय हार्टलाई इनरुवामा निमत्याउन सफल बनेको थियो ।

आर्थिक कठिनाईसँग जुद्धै विगतको निरन्तरता स्वरुप राकेश निरौला एण्ड टिमको अथक प्रयासले महेन्द्रचौकमा ७ औं फूलपाती साँझ समपन्न गरेको छ । पहिलो पटक दर्शकका लागि टिकटको व्यवस्था अनिवार्य गरिएको कन्सर्टमा देखिएको संगित पारखीहरुको क्रेज उत्तिकै लोभलाग्दो थियो ।

११ बजेसम्म राजु लामाले बैण्डका चर्चित गितहरु गाइरहे । प्रदेश एकका प्रमुख प्रतिपक्षी दलका नेता राजिब कोइराला, इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता सहित बाक्लो संख्यामा रहेका दर्शक बिना शित र ओसको पर्वाह सांगितिक माहौलमा मन्त्रमुग्ध देखिन्थे ।

अर्ना बियरले प्रायोजन गरेको कार्यक्रम अघिल्ला वर्षभन्दा केहि भिन्न थियो । इनरुवा नगरको विगत र वर्तमानलाई डिजिटल प्रविधी मार्फत चित्रण गर्ने प्रयास नौलो थियो । इनरुवा नगरलाई चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने कलाकार तथा फिल्म डाइरेक्टर अरुणकुमार प्रधान, फुटबल खेलाडी हिमाल थापा मगर र साहित्यकार उपेन्द्र पागललाई कार्यक्रमकाबिच सम्मान समेत गरिएको थियो ।

विभिन्न आरोह अवरोह र आर्थिक लगायत कठिनाईकाबिच इनरुवा इभेन्ट म्यानेजमेन्टले सातौं दशैं साँझ सफतापूर्वक सम्पन्न मात्रै गरेन् । नगरवासीसँगै मङगोलियन हर्टको समेत मन जित्न सफल बनेको देखियो ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia