चलचित्र बाहुबलीबाट निकै चर्चा बटुलेका चर्चित अभिनेता प्रभासको जन्मदिनको अवसरमा नया फिल्म ‘साहो’को टिजर सार्वजनिक भएको छ । आजबाट चर्चित अभिनेता प्रभास ३९ वर्ष लागेका छन् । अभिनेता प्रभास अभिनित ‘साहो’को यस भिडियोमा उनको दमदार एक्सनको साथमा यस फिल्म बनाउन लागिपरेका हजारौं मानिसहरुको मेहेनत देखाइएको छ ।

यस पटक प्रभास अलग भूमिकामा देखिएका छन् । यस फिल्ममा सुपर–स्टाइलिश अन्दाजमा आएका प्रभासलाई बलिउड अभिनेत्री श्रद्धा कपूरले साथ दिँदैछिन् । श्रद्धाले यसै फिल्ममार्फत् साउथ फिल्ममा डेब्यू गर्दै छिन् ।

आउँदो वर्ष २०१९ मा प्रदर्शनमा आउने यस पिल्मलाई सुजीथले निर्देशन गर्दैछन् ।प्रभास र श्रद्धाबाहेक यस फिल्ममा ज्याकी श्राफ, नीलनितिन मुकेश, मन्दिरा बेदी, चंकी पाण्डे, महेश मान्जरेकर, अरुण विजय र मुरली शर्माले मुख्य भूमिका निभाउँदैछन् ।

तपाईको प्रतिक्रिया