काठमाडौं । बिदा नै नलिर्इ लामो समयसम्म क्यानडामा बसेर नेपालमा तलब लिने काठमाडौंको एक सरकारी विद्यालयकी प्राधानाध्यापकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयेगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

नागार्जुन नगरपालिका-१ रानीवनस्थित श्री बाल विकास माध्यमिक विद्यालयकी ती प्रधानाध्यापक मैयादेवी मल्लविरुद्ध अख्तियारले मुद्धा दायर गरेको हाे । उनले विदेशमा भएकाे बेला विद्यालयमै रहेको देखाएर तलब र भत्ता लिएकाेले साे अभियाेग लगाइएकाे छ।

आयोगका अनुसार गत वर्ष भदौदेखि माघसम्म उनी करिब ६ महिना क्यानडामा बसेकी थिइन्। विनाबिदा उनी क्यानडा गएकाे र माघमा फर्किएपछि बाहिर जाँदाकाे समयकाे पनि एकैपटक हाजिर गरेकी थिइन्। यससम्बन्धमा स्कुलबाटै उजुरी परेपछि अख्तियारले छानबिन सुरु गरेको थियो। अाजकाे नयाँ पत्रिकामा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia