- अमर काफ्ले


नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगतबहादुर टमाटाले सुनसरी सदरमुकाम इनरुवामा रहेको खेल मैदानको स्थलगत निरीक्षण गर्नू भएको छ ।
मंसिर दोस्रो साताबाट सुरु हुन लागेको राष्ट्रिय स्तरको एक दिवसीय क्रिकेट प्रतियोगितालाई मध्यनजर गर्दै टमाटाले इनरुवा पुगेर खेल मैदानको अवस्थाबारे जानकारी लिनु भएको हो ।
राष्ट्रिय टिम सहित नेपाली खेलाडीको प्रर्दशनले क्रिकेटप्रतिको बढ्दो क्रेजसँगै मुलुकका बिभिन्न स्थानमा प्रतियोगिताहरु सञ्चालन हुने क्रम समेत बढेको छ ।

इनरुवा खेल मैदान निरीक्षण पश्चात संचारकर्मीहरुसँग संक्षिप्त प्रतिकृया जनाउँदै टमाटाले इनरुवामा आयोजना हुन लागेको क्रिकेटले नगरको चिनारीमात्र नभएर फरक फरक स्थानमा खेलाडीहरुकालागि अभ्यासको वातावरण समेत सीर्जना गराउने बताउनुभयो ।


टमाटाले इनरुवामा क्रिकेट बिकासकालागि सहयोग जुटाउने प्रतिवद्धता समेत जनाउनु भएको छ । प्रशिक्षक टमटाले क्रिकेटको बिकाससँगै मैदानको स्तरउन्नती र खेलाडीहरुको प्रशिक्षणकालागि आवश्यक व्यवस्था मिलाउन राखेप समक्ष आग्रह सहित पहल थाल्ने बताउनु भएको छ ।


क्रिकेटकालागि इनरुवा खेल मैदान उपयुक्त रहेको बताउँदै राष्ट्रिय प्रशिक्षक टमाटाले प्रतियोगिताको तयारीमा जुट्न बिप्लव घोष संयोजकत्वको आयोजक टोलीलाई आग्रह समेत गर्नु भएको थियो ।
इनरुवा खेल मैदानमा आयोजना हुन लागेको मनमोहन स्मृति कप क्रिकेट प्रतियोगितामा सातवटै प्रदेश सहित नेपाल पुलिस, शसस्त्र र नेपाली सेनाको बिभागिय टिमकासाथै केही विदेशी क्रिकेट टिम सहभागि गराउने गरी तयारी अघि बढाइएको प्रतियोगिता संयोजक बिप्लव घोषले बताउनु भएको छ । इनरुवा खेल मैदानमा हालसालै मात्र रात्रिकालीन मेयर कप टि २० क्रिकेट प्रतियोगिता सम्पन्न भैसकेको छ । मनमोहन कप लगत्तै इनरुवा खेल मैदानमै सुनसरी पिम्रियर क्रिकेट हुँदैछ ।

तपाईको प्रतिक्रिया