इनरुवा । नेपाली राष्ट्रिय क्रिकेट टोलिका प्रशिक्षक जगत टमाटा सुनसरी सदरमुकाम इनरुवामा सम्मानित भएका छन् । सोमबार साझ एनआईसी इनरुवा र युथ सुनसरीले संयुक्त रूपमा राष्ट्रिय क्रिकेट टोलिका प्रशिक्षक टमाटालाई सम्मान गरेका हुन । क्रिकेट प्रशिक्षक टमाटालाई स्वागत तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि इनरुवा नगर प्रमुख राजन मेहता र राष्ट्रिय खेलकुद परिषदका सदस्य शम्भुले खादा ओढाएर सम्मान गरेका थिए ।

आगामी मंसिर २९ गतेदेखि पौष १४ सम्म इनरुवामा आयोजना हुने एम.एम.कप राष्ट्रिय एकदिवसीय लिग आयोजना हुदैछ । सोही प्रतियोगिता लाई सफल बनाउन तथा इनरुवा लाई क्रिकेटको माध्यमबाट नेपालभरी चिनाउन आयोजना गर्न लागिएको सो प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई सहभागी गराउन राष्ट्रिय क्रिकेट प्रशिक्षक आयोजकले आग्रह गरेको छ । स्वागत तथा सम्मान कार्यक्रम मार्फत सम्मानित भएपछि निकै उत्साहित देखिएका प्रशिक्षक टमाटाले क्रिकेट खेलको विकासको लागि आफू सहयोग गर्न तयार रहेको बताए । उनले भने तपाईहरु लाई सहयोग गर्न म केहि हप्ता आफै इनरुवा आएर प्रशिक्षण गर्न तयार छु ।

नेपाल क्रिकेट सिमित स्रोत साधन र श्रोतका बाबजुद खेलाडीको मेहनतले एकदिवसीय राष्ट्रको मान्यता पाएको बताउदै प्रशिक्षक टमाटाले राज्यले थप लगानी गर्नुपर्नेमा जोड दिए । इनरुवामा पछिल्लो समयमा क्रिकेट क्रेज बढेको बताउदै टमाटाले सरकरी तथा निजि क्षेत्रको लगानी भए अब केही वर्षमा इनरुवाबाट राष्ट्रियस्तरमा प्रतिनिधित्व गर्ने खेलाडी उत्पादन हुने बताए । सोही कार्यक्रम बोल्दै प्रमुख अतिथि मेयर राजन मेहताले खेलकुद देशलाई चिनाउने माध्यम भएकोले खेलकुदमा सहयोग गर्न तयार रहेको बताए ।

कार्यक्रममा बोल्दै मेयर मेहताले भने आज खेलकुदको माध्यमबाट इनरुवाको पहिचान भएकोमा आफू गौरवान्वित भएको उल्लेख गरे । मेयर मेहताले विश्वमा नेपाल चिनाउने माध्यम क्रिकेट बन्दै गएकोले क्रिकेटमा लगानी गर्न निजि क्षेत्रलाई आह्वान गरे । सो कार्यक्रम एनआईसी इनरुवाका अध्यक्ष विप्लव घोषको अध्यक्षतामा सम्पन्न भएको थियोे भने कार्यक्रममा युथ सुनसरीका अध्यक्ष अफजल हुसेन,ओके दाहाल,सरोज बस्नेत लगायत क्रिकेट खेलाडी तथा क्रिकेट प्रेमीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया