महोत्सवको मुख्य आकर्षण जानकी मन्दिरलाई भव्य रूपमा सजाइने भएको छ । यसअघि राम र सीताको स्वयम्बर जानकी मन्दिरको प्रांगणमा गरिन्थ्यो । तर, यस वर्ष स्वयम्बर जानकी मन्दिरको पछाडि रहेको विवाहमण्डपमा गरिनेछ । धनुष यज्ञ रंगभूमि मैदान बाह्रबिघामा गर्ने कार्यक्रम छ ।सबैभन्दा महत्वपूर्ण तथा ऐतिहासिक रामजानकी विवाहपञ्चमी महोत्सवको तयारीमा सरोकारवाला निकाय जुटेका छन् । प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन विवाहपञ्चमी मनाइन्छ ।

२१ देखि २७ मंसिरसम्म विवाहपञ्चमी महोत्सव आयोजना गरिएको जानकी मन्दिरका छोटा महन्थ रोशन दासले बताए । संघ, प्रदेश र स्थानीय सरकारले चासो दिएकाले विवाहपञ्चमी विशेष हुने उनको भनाइ छ । अाजकाे नयाँ पत्रिकामा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया