- अमर काफ्ले

मोरङसँग सीमा जोडिएको भारतीय बजार जोगबनीमा प्रहरी प्रशासनको कडाईपछि सुनसरीमा सिमावर्ती भारतीय बजार भीमनगरमा भिड बढेको छ ।
किनमेलकालागि नेपालीको प्रमुख गनतब्य बन्दै आएको जोगबनी नाकामा प्रहरीले कडाई गरेपछि यतिबेला सुनसरीसँग सीमा जोडिएको भारतीय बजार भीमनगरमा सर्वसाधारणको चहलपहल बढेको छ ।
तिहारको समय रहेकाले दैनिक रुपमा ठूलो संख्याका नेपाली उपभोग्य लगायतका सरसामान खरिदकालागि भीमनगरसँगै बिरपुर सम्म पुग्ने गरेका छन् ।
भीमनगरमा यतिबेला सुनसरी सहित सप्तरी, उदयपुर लगायतका छिमेकी जिल्लाका नेपालीहरु प्रशस्तै भेटिन्छन् । घरायसी प्रयोजनका सामग्री किनमेलकालागि भीमनगन जाने नेपालीको संख्या अहिले सम्मकै उच्च रहेको कोशी गाउँपालिका वडा नम्वर ८ का वडाध्यक्ष बिन्देश्व यादवले बताए ।
चिनी, नुन, तेल, दाल, मरमसलाकासाथै तिहारमा प्रयोग गरिने भाई मसला सहितका सामग्री खरिदकालागि भीमनगर पुग्ने नेपालीहरुलाई भारतीय सुरक्षाकर्मीले समेत सहयोग गर्ने गरेका छन् । नेपाली सुरक्षाकर्मीले समेत चाडबाड भएका कारण घरायसी प्रयोजनकालागि किनमेल गरि ल्याइएका सामानमा कडाई गरेको छैन् । भीमनगरबाट नेपालीहरुले बढी मात्रामा चिनी खरिद गरि ल्याउने गरेका छन् ।

तपाईको प्रतिक्रिया