चाडबाड लक्षित सुरक्षा रणनीति लागु गरेको सुनसरी प्रहरीले तिहारलाई मर्यादित र शान्तरुपले मनाउन सर्वसाधारणमा अनुरोध गरेको छ ।
तिहारलाई लक्षित गरी सुरक्षा चेकजाँचलाई बढाएको प्रहरीले पटका नपडकाउन सर्वसाधारणमा सूचित समेत गरेको छ ।
पटकाको बिक्रि वितरणमा कडाई गरेको प्रहरीले पटका पडकाउदै गरेको अवस्थामा फेला पारे सम्वन्धित व्यक्तिलाई नियन्त्रणमा लिइने जनाएको छ ।
सुरक्षा संवेदनशीलतासँगै गैरकानुनी कार्य हुने भएकाले पटकाको बिक्रि वितरण र पडकाउने कार्य नियन्त्रणमा लिन सादा पोशाकका प्रहरीको विशेष टोली परिचालन गरिएको सुनसरीका प्रहरी प्रमुख राजन अधिकारीले जानकारी दिए ।
सुनसरी प्रहरीले दशैं लगत्तै तिहारमा भित्रिन सक्ने पटका सहितका सामग्रीको आयातलाई मध्यनजर गर्दै नेपाल–भारत सीमामा कडाई थालेको थियो ।
जिल्लाका विभिन्न भेगसहित खुल्ला नाका रहेको भारतसँगको सीमावर्ती क्षेत्रबाट ठुलो परिमाणबाट पटका सहितका सरसामान बरामद गरेकाले समेत सुनसरी प्रहरीले जिल्लामा पटकाको कारोबार नरहेको दावी गर्दै आएको छ ।
पटका पडकाएको भेटिए पक्राउ गरिने व्यक्ति उपर कार्वाही गरिनुकासाथै सोही व्यक्ति मार्फत पटकाको बिक्रि गर्ने व्यापारीको पहिचान गरी निजलाई समेत नियन्त्रणमा लिनेगरी सुनसरी प्रहरीले रणनीति तय गरेको बुझिएको छ ।

 

तपाईको प्रतिक्रिया