सुनसरी प्रहरीले देउसी भैलो राती दश बजेसम्म मात्र खेल्न सर्वसाधारणमा अनुरोध गरेको छ ।
भोलि लक्ष्मीपूजा गरेसँगै भैलो खेलिने हुँदा दश बजेसम्म मात्र भैलो खेल्न प्रहरीले सर्वसाधारणमा अनुरोध गरेको हो ।
भैलो खेल्न घरबाहिर निस्कँदा गरगहना नलगाउन र रातीको सयमा एक्लै नहिंड्न समेत प्रहरीको आग्रह छ । गरगहना लगाएर रातीको समयमा हिँड्दा लुटपाटको सम्भावना रहन सक्ने भन्दै स्वयं समेत सजक र सचेत हुन जरुरी रहेको प्रहरी प्रवक्ता ज्ञानेन्द्र फुयालको भनाई छ ।
त्यसैगरी सुनसरी प्रहरीले देउसी खेल्न समेत रातीको दश बजेपछि नपाइने जनाएको छ ।

 

चाडपर्वका नाममा हुने विकृति रोक्न र मादक पदार्थ सेवन गरी होहल्ला गर्ने तथा उच्छृङखल गतिविधीमा संलग्न उपर कार्वाहीकालागि प्रहरी परिचालन गरिएको सुनसरीका प्रहरी प्रमुख राजन अधिकारीले जानकारी दिनुभयो ।  सुनसरी प्रहरीले बिगतको भन्दा यस पटको दशैं मर्यादित र शान्तपूर्ण बनेको भन्दै सोही अनुरुप तिहार लक्षित सुरक्षा रणनीति अवलम्बन गरिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया