नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थ मंत्री ज्ञानेन्द्र कार्कीले मुलुकको समृद्धिकालागि नेपाली कांग्रेस बाहेकको विकल्प नरहेको बताउनु भएको छ । सुनसरीको हरिनगर गाउँपालिकामा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेता कार्कीले वर्तमान सरकार अधिनायकबाद तर्फ उन्मूख हुँदा जनताले सास्ती खेप्नु परेको धारणा राख्नु भएको हो ।

वर्तमान सरकारको रवैयाले मुलुकलाई अधोगति तर्फ धकेलेको बताउँदै प्रतिपक्षमा रहेर कांग्रेसले खबरदारी गरिरहेको कार्कीको भनाई थियो । चियापान कार्यक्रमलाई सम्बोधन गर्दै कार्कीले आफ्नो क्षेत्रका जनताले महसुस गर्नेगरी बिकास गर्न लागिपरेको बताउनु भयो । नेपाली कांग्रेस हरिनगर गाउँ कार्य समितिले आयोजना गरेको दीपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा प्रदेश नम्बर एकका प्रमुख प्रतिपक्षी दलका नेता राजिब कोइराला, सांसद सीताराम मेहता सहित गाउँपालिका अध्यक्ष गफार अन्सारी लगायतले बोल्नु भएको थियो । सो कार्यक्रममा गायक आनन्द कार्की सहित कलाकार जोगिन्दर पानवालाले प्रस्तुती दिएका थिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia