तिहारमा बढीमात्रामा प्रयोगमा आउने मिठाई लगायतका घरायसी उपभोग्य सामानको बिक्रि वितरणलाई मध्यनजर गर्दै सुनसरीको गढी गाउँपालिकामा बजार अनुगमन गरिएको छ ।गाउँपालिका उपाध्यक्ष राजकुमारी चौधरी सहित प्रमुख प्रशासकीय अधिकृत फणिन्द्र भट्टराई लगायत सरोकारवालाहरुको टोलीले बजार सहित ग्रामिण भेगमा संचालनमा रहेका पसलहरुको अनुगमन गरेको हो ।


खाद्य, प्रशासन, उपभोक्ता मंच र सुरक्षाकर्मी सहितको टोलीले अनुगमनका क्रममा फेला पारेका म्याद नाघेका उपभोग्य सामाग्री नष्ट गरेको थियो ।बजार अनुगमनको कार्यलाई यसअघिबाटनै निरन्तरता दिँदै आइएको भएपनि तिहार लक्षित गरी ब्यापारी र आम उपभोक्ताको हकमा सचेत गराउन पून : अनुगमन गरिएको उपाध्यक्ष चौधरीको भनाई छ ।

तपाईको प्रतिक्रिया