काठमाडौं ,२१ कार्तिक । न्यायाधीश चोलेन्द्रसमशेर जबराको एकल इजलासले मंगलबार शोभराजलाई थुनामा राख्नुको कारण गृह मन्त्रालयसँग सोधेको छ ।कुख्यात अपराधी मानिएका र कैद सजाय भोगिरहेका फ्रान्सेली नागरिक चार्ल्स गुरुमुख शोभराजले आफू उमेरहदका कारण छुट्न पाउने सुविधा माग्दै सर्वोच्चमा आइतबार रिट दर्ता गराएका थिए ।

कुख्यात हत्यारा शोभराज अमेरिकी नागरिक कोन्निजो ब्रोन्जिच र क्यानेडियन नागरिक लरेट अरमान्ड क्यारियरेको २०३२ सालमा भएको हत्या अभियोगमा २०६० सालमा नेपालमा पक्राउ परी कैद सजाय भोगिरहेका छन् ।ज्येष्ठ नागरिक ऐन २०६३ को १२ (१ख) र कारागार नियमावलीमा टेकी उनले आफूलाई थुनामुक्त गरिदिन परमादेशको आदेश मागेका हुन् ।

ज्येष्ठ नागरिक ऐनमा सरकारवादी भई चलेको कुनै पनि मुद्दामा ७० वर्ष पूरा र्भ ७५ ननाघेको ज्येष्ठ नागरिकलाई ५० प्रतिशतसम्म कैद छुटको व्यवस्था गरेको छ । शोभराजले ज्येष्ठ नागरिक ऐनमा टेकेर निवेदन दर्ता गरे पनि ऐनमा ‘ज्येष्ठ नागरिक’ भन्नाले ‘६० वर्ष उमेर पूरा गरेको नेपाली नागरिक सम्झनुपर्छ’ भन्ने परिभाषा दिइएको छ । शोभराज भने विदेशी नागरिक हुन् । –नागरिक दैनिकबाट

तपाईको प्रतिक्रिया