सुनसरीको कोशी गाउपालिका-८ कोशी ब्यारेजको पुल माथी दुईवटा मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा २ जना घाईते भएका छन् ।

मिति २०७५।०७।२० गते बेलुका ८ बजेको समयमा सुनसरी कोशी गाउँपालिका-८ सप्तकोशी नदिको २६ नम्बर ढोकामा पश्चिमबाट पूर्व तर्फ आउदै गरेको को.३६ प.४७८३ नम्बरको मोटरसाईकल र पूर्वबाट पश्चिम तर्फ जादै गरेको स.३ प. ७७३४ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किई दुर्घटना हुँदा को.३६ प. ४७८३ नम्बरको मोटरसाईकल चालक झापा गौरादह-६ बस्ने बर्ष २७ को अन्जित श्रेष्ठ, सोही मोटरसाईकलको पछाडी सवार गौरादह- ५ का २१ बर्षिय रविन श्रेष्ठ र स.३ प.७७३४ नम्बरको मोटरसाईकल चालक सप्तरी कन्चनपुर-५ बस्ने बर्ष २८ को जयराम गुप्ता घाईते भएका हुन् । घाइतेहरुको जिल्ला अस्पताल ईनरुवामा उपचार भईरहेको छ भने दुवै मोटरसाईकल प्रहरी चौकी कोशी ब्यारेजको नियन्त्रणमा रहेका छन् ।

तपाईको प्रतिक्रिया