फूलको पर्वकोरुपमा परिचित नेपालीहरुको महानचाड दीपावलीमा यो पटक पूर्वी नेपालमा भारतीय फूलको भर पर्नु परेको छैन । पूर्वी पहाडी जिल्लामा राम्रो फूल उत्पादन भएको कारण यो पटको तिहारका भारतीय फूल विस्थापित नै भएको छ । भारतीय फूलले नेपालको ५० प्रतिशत भन्दा वढि वजार ओगट्ने भएको भए पनि यो पटक भने नेपाली फूलले नै माग पूरा गरेको छ । स्वदेशी फूल राम्रो र सस्तोमा उपभोक्ताले पाइरहदा कृषक भने मारमा परेका छन् । उत्पादन राम्रो भए पनि दाम राम्रो नपाउदा कृषकहरु भने दुुखित छन् ।

भारतीय फूलमा निर्भर हुँदै आएको नेपालमा यो पटक भने तिहारको नेपालमै सयपत्री तथा मखमली फूल उत्पादन भएको छ । विगतका बर्षहरुमा फूल उत्पादन कम हुँदा भारतीय फूल आयातले नेपाली बजार ओगट्ने गरेको भए पनि यो पटक भने नेपाली फूलले भारतीय फूललाई विस्थापित गरेको छ । सुनसरीको धरान आपपाससगै पुर्वी पहाडी जिल्लामा फूलको उत्पादन राम्रो भएसंगै यो पटक तिहारमा उपभोक्ताहरुको महगोमा भारतीय फूल खरिद गर्नु पर्ने बाध्यता हट्यो । स्वदेशी उत्पादन त्यसमा पनि ताजा र सस्तोमा फूल पाएसंगै उपभोक्ताहरु हर्षित समेत बनेका छन् । अघिल्ला वर्षमा १ सय सम्म तिरेर भारतीय फूल खरिद गरेको धरान स्थित कृषि उपज वजार स्थलमा फूल खरिद गर्देै गरेको अवस्थानमा भेटिएकी धरानकी कोपिला वस्तीले यो पटक भने सस्तोमा राम्रो फूल पाएको बताईन् ।

उनले यो पटक सयपत्री , मखमली तथा गोदावारी फूल ताजा तथा राम्रोसंगै सुलभ मूल्यमा पाएको प्रतित्रक्रिया दिइन् । गत वर्ष प्रतिमुठा एक सय देखि १ सय २० सम्म विक्री भएको सयपत्री फूल यो पटक भने १० देखि २५ रुपैयाँमा प्रति मुठामा खरिद विक्री भइरहेको छ । पूर्वी नेपालको थोकको रुपमा रहेको धरान स्थित कृषि उपज वजार स्थलमा भने यो पटक बजारको इतिहासमै पहिलो पटक नेपाली फुलको आयात धेरै भएको कृषि बजार ब्यबस्थापन समिति,धरानका व्यवस्थापक लक्ष्मण भट्टराईको भनाई छ । बजारमा यस अघि भारतीय फुल ५० प्रतिशत वढि बजार ओगट्ने गरेको वताउदै उनले यो वर्ष भने स्वदेशी फूलले भारतीय फूललाई विस्थापित गरेको व्यवस्थापक भट्राईको दावी छ ।

नेपालमा फूलको व्यवसायिक खेती सुरु भएको कारण उत्पादन बढेको बताउदै उनले अव फूलको आयात भारतवाट रोक्नु पर्ने वताए । साथै उनले सरकारले अव नेपाली फूल भारत लगायतका तेस्रो मुुलुक निर्यातको लागि पहल समेत गर्नेु पर्ने वताए ।वजारमा गत वर्ष आर्थिक बर्षमा २ सय २५ मेट्रिक टन अर्थात २ करोड २५ लाख बराबरको फुलको कारोबार भएको थियो भने यस बर्ष ५ सय मेट्रिक टन अर्थात ३ करोड बराबरको फूलको कारोबार हुने बजार व्यवस्थापन समितिले जनाएको छ । पूर्वी नेपालको धनकूटाको बेलहरा ,खाल्सा क्षेत्र,पाख्रिबास कृषि फारम,बूधूक ,पाँचथर,तेह्रथूम,मोरङ्गको उत्तरी क्षेत्र,उदयपूर, भोजपुरको दक्षिणी भेगसंगै ईलामबाट समेत धरान स्थित कृषि वजारमा फूल आउने गरेको छ । फूलको राम्रो उत्पादनसंगै वजार भाउ नपाउदा कृषकहरु भने मारमा परेका छन् ।

तेह्रथुवाट फुल लिएर धरान स्थित कृष बजार स्थल पुगेको कृषक नेत्र सूवेदी भने राम्रो भाउ नपाएकोमा चिन्तित छन् । मंगलबारै धरान स्थित कृषि बजार फूल लिएर आएका सुवेदीले राम्रो भाउ नपाएको कारण समस्या भएको वताए । फूलको राम्रो उत्पादन भएको भए पनि बजारको व्यवस्थापनमा राम्रो हुन नसक्दा कृषक मारमा परेका हुन् ।

तपाईको प्रतिक्रिया