- अमर काफ्ले

तिहारको माहौल छ । चिसो मौसमसँगै देउसी भैलोले गर्माएको समाज । चाडबाडको रौनक आफ्नो ठाउँमा त छदैछ । यस पटकको तिहारसँगै कुलमान उज्यालोका नायक बनेर गाउँसमाजमा चर्चाको पात्र बन्न पुगेका छन् । विगतको दीपावलीको समय होस या १८ घण्टे लोडसेडिङको मार खेपेका सर्वसारणले यस पटक अध्यारोको सामना गर्नु परेको छैन् । दीपावलीका दिन होस या आज गोवरधन पूजाको साँझ गाउँवस्ती विद्युतिय झिलिमिलिसँगै चम्केको प्रकाशले रङ्गिन पुगेको छ ।
क्षणिक समय दियो र ममबत्ति बाल्ने साधारण परिवारकहाँ समेत घण्टौं विद्युतिय झिलिमिली बलेका छन् । अघिल्लो दिनको तुलनामा दोस्रो दिन बालिने भिलिमिली बत्तिमा कमी आउनुको साटो अझ बढेर गएको छ ।
शहर बजारमात्रै नभएर गाउँघरका सबैजसो घर दियोसँगै विद्युतिय बत्तिको प्रकाशले चम्कायमान देखिएका छन् । जसलाई आमसर्वसाधारणले कुलमानको देनसँग जोडेर चर्चा गर्नेक्रम बढेको छ । धेरैजसोले यस पटकको तिहारको साँझलाई कुलमानको उज्यालोसँगै चक्केका गाउँघरको संज्ञा दिइरहेका छन् ।

विद्युतको नियमित आपूर्तिका कारण यसपटक तिहार अगावै शहर बजारमा विद्युतिय बत्तिको कारोबार उल्लेखनिय देखिएको थियो । बत्ति जाला कि नजाला वा प्राधिकरणले भार थाम्न सक्ला नसक्ला भन्ने सर्वसाधारणको किञ्चित दुविधात्मक सोचलाई इक्षाशक्ति भए हरकुरो सम्भव भन्ने कुलमानको अठोटले चरिचार्थ गरिदिएको छ । दीपावलीसँगै यस पटकको तिहारको साँझमा भैरहेको नियमित विद्युतको प्रवाहले कुलमानको अठोटसँगैको विश्वास र उनको अथक मेहनतलाई साकार तुल्याएको मात्रै छैन् जनमनमा उज्यालोको पर्यायवाची बनेका कुलमान घिसिङ सबैको आशा र भरोषाका व्यक्तिपात्र बन्न पुगेका छन् ।

तपाईको प्रतिक्रिया