सुनसरी सदरमुकाम इनरुवामा सम्पन्न मिनि म्याराथनको उपाधी जलाउद्दिन खानले जितेका छन् ।
इनरुवा बसचौकबाट सुरु भएको म्याराथनको दुरी ५ किलोमिटर तय गरिएको थियो ।
प्रतियोगी मध्ये प्रथम बनेका सुनसरी मधुवनका खानले निर्धारित दुरी २१ मिनेटमा पुरा गरेका छन् ।
त्यसैगरी २३ मिनेटमा दुरी पार गरेका सिन्धुलीका सुवास थापाले दोस्रो स्थान हात पार्दा २३ मिनेट ५ सेकेण्डमा दौड पुरा गरेका कालिकोटका सन्तोषनाथ योगी तेस्रो भएका छन् ।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः १० हजार, ६ हजार र ४ हजार सहित शिल्ड प्राप्त गरेका छन् ।  महिला तर्फ पहिलो हुने सुनसरी प्रकाशपुरकी लक्ष्मी श्रेष्ठले सानत्वना पुरस्कार हात पारेको कार्यक्रम संयोजक ब्रम्हदेव यादवले जानकारी दिए ।  समाजवादी विद्यार्थी फोरम नेपाल सुनसरी बहुमुखी क्याम्पस इकाई समितिले आयोजना गरेको खुल्ला म्याराथनमा १ सय ५० बढी युवायुवतीले सहभागिता जनाएका थिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia