सुनसरीको हरिनगर गाउँपालिकाको भुटाहा बजारमा नेपाल भारत दुई देशिय कवि सम्मेलन हुने भएको छ ।
नेपाल भारतमैत्री मुशायरा नाम दिइएको कार्यक्रम भुटाहामा पहिलो पटक आयोजना गर्न लागिएको हो ।

स्थानीय, भाषा, साहित्य र संस्कृति प्रर्वद्धनको मुलभुत उद्देश्यसाथ सञ्चालन गर्न लागिएका बहुभाषिक कवि सम्मेलनमा नेपाल र भारतका गरी दुई दर्जन बढी कविहरुले सहभागिता जनाउने बताइएको छ ।

एलाईन्स नेपालले आयोजना गर्न लागेको कवि सम्मेलनमा नेपाली सहित, मैथिली, हिन्दी र उर्दु भाषामा कविता वाचन गरिने छ ।

 

 

सहभागि कविहरुको प्रस्तुतीका आधारमा बिजेता छनौट गरि पुरस्कृत गरिने संस्थाका अध्यक्ष नइम अन्सारीले जानकारी दिनुभयो । मंसिर २ गते साँझबाट भुटाहामा रहेको श्री बालकृष्ण मा.बि.को मैदानमा सुरु हुने कवि सम्मेलन रातभर चल्ने छ । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia