इनरुवा। इनरुवा ३ सखुवागाछीमा अागलागी भएकाे छ । अागलागीका कारण सुरेन्द्र दुलालकाे दुई तले घर जलेर पूर्ण रूपले नष्ट भएकाे छ । झिलिमिलीका बत्तीबाट बिधुत सर्ट भइ अागाे लागेकाे अनुमान गरिएकाे छ ।

माथिल्लाे तलाबाट सल्केकाे अागाेले दुलालकाे घर पूर्णरूपमा जलेकाे छ । छठकाे पूजाका क्रममा सबैजसाे बाहिर रहेकाले समेत समयमै अागाे नियन्त्रणमा लिन नसकिएको स्थानीयहरूले बताएकाछन् । अागाे स्थानीय सहित सुरक्षाकर्मीका साथै इटहरी र दुहबीकाे दमकलले नियन्त्रणमा लिएकाे छ ।

इनरूवाकाे दमकल समयमै नअाएकाे भन्दै स्थानीयले बिराेध गरेपनि इनरूवा नपाकाे दमकल शाखाले दमकल बिग्रेकाे जानकारी दिएकाे छ । अागलागीमा मानविय क्षति नभएकाे प्रहरीले जनाएकाे छ अन्य क्षतिकाे बिवरण सङकलन भैरहेकाे बताइएकाे छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia