इनरुवा ३ सखुवागाछीमा हिजो बेलुका भएको आगलागीमा सुरेन्द्र दुलालको घर जल्दा ७४ लाख ५४ हजार बराबरको क्षतिको आंकलन गरिएको छ । घटना मुचुल्काकालागि पुगेको प्रहरी टोलीसामू पीडित परिवारले गरगहना, अन्नपात सहित ७४ लाख बढी क्षति भएको जनाएको छ ।
प्रहरीले स्थलगत मुचुल्काको आधारमा विवरण तयार पारिने हुँदा जलेका गरगहना र लत्ता कपडा सहितका सामान के कती थिए भन्ने कुरा पीडितकै भनाईका आधारमा अनुमान गरिने हुँदा प्रारम्भिक क्षति ७४ लाख ५४ हजार रहेको जनाएको छ ।

विद्युत सर्ट भई आगो लागेको अनुमान गरिएपनि किरा फट्याङग्रा भगाउनकालागि सल्काएर छाडिएको धुँवाबाट आगो सल्केको हुन सक्ने स्थानीयको भनाई छ ।
छठको पूजाका क्रममा सबैजसो बाहिर भएपनि आगलागी हुनासाथ स्थानीय आगो निभाउन जुटेका थिए ।
इनरुवा नगरपालिकाको दमकल बिग्रेकाले दुहवी,इटहरीबाट दमकल आइपुग्न समय लाग्दा घर पूर्ण रुपमा जलेर खरानी भएको प्रत्यक्षदर्शीहरुको भनाई छ । इनरुवाको दमकल नआएको भन्दै आगलागी भैरहेको समयमा स्थानीयले बिरोध समेत जनाएका थिए ।  नगरपालिकाको कार्यालयले भने दमकल बिग्रेर बनाउन दिएको प्रतिकृया दिएको छ । स्थानीय, सुरक्षाकर्मी सहित दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
यसैबिच इनरुवा नगरपालिकाको दमकल बिग्रेर थन्कँदा समेत मर्मत गरी तयारी अवस्था नराखेको भन्दै विरोधमा स्थानीयले ज्ञापन पत्र बुझाउने लगायतका कार्यक्रम तय गरेको बुझिएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia