- अमर काफ्ले

दमकल समयमै नआउँदा ठूलो क्षति बेहोर्नु परेको भन्दै आक्रोशित देखिएका इनरुवा सखुवागाछीको आगलागी पीडित सहित स्थानीयले क्षतिपूर्ति वापतको रकम जनप्रतिनिधिले तिर्नु पर्ने माग गरेका छन् ।
इनरुवा ३ सखुगावाछीमा हिजो बेलुका भएको आगलागीमा सुरेन्द्र दुलालको दुई तले घर पूर्ण रुपले जलेको थियो ।
आगलागीमा परी ७४ लाख ५४ हजार बराबरको क्षति भएको प्रारम्भिक आंकलन गरिएको छ । पीडित पक्ष र स्थानीयवासीको रोहबरमा भएको मूल्यांकन पश्चात मुचुल्काको क्रममा सो बराबरको क्षति भएको आंकलन गरिएको सुनसरी प्रहरीले जनाएको छ ।

नजिकै रहेको इनरुवा नगरपालिकाको दमकल बिग्रेकाले आगो निभाउन इटहरी र दुहवीका दमकल आइपुग्न समय लाग्दा बढी क्षति हुन पुगेको स्थानीय सहित पीडित पक्षको भनाई छ ।
सोही विषयलाई लिएर पीडित पक्ष सहित इनरुवा नगरपालिका पुगेका वडा नम्वर ३ बासीले उपप्रमुख जमुना गौतम पोखरेललाई ज्ञापन पत्र बुझाउँदै आगलागीबाट भएको क्षतिको मूल्यांकन गरी क्षतिपूर्ति वापतको रकम निर्वाचित जनप्रतिनिधि सहित कार्यपालिका सदस्यको तलब भत्ताबाट कट्टा हुनेगरी उपलब्ध गराइनु पर्ने माग गरेका हुन् ।


ज्ञापन पत्रमा दमकल जस्तो अत्यावश्यकिय साधन बिग्रदा समयमै नबनाइएको, बिग्रेको भनिएको दमकलका सामान अन्यत्र स्थानबाट मर्मत नगरी सिपर्दीमै छोडिनु लार्पवाही भएको भन्दै नगरपालिकाले सम्पूर्ण क्षतिको जिम्मेबारी लिनुपर्ने लगायतको माग उल्लेख गरिएको छ ।ज्ञापन बुझाउने क्रममा उपप्रमुख सहित वडा नम्वर ३ का अध्यक्ष कालुराम गुरुङ लगायतको उपस्थितीमा दमकल इन्चार्ज बिनोद भट्टराईले लक्ष्मीपूजाको दिन इटहरीमा भएको आगलागी नियन्त्रणमा खटिएर फर्कने क्रमदेखिनै दमकलमा खराबी देखिएको बताएका थिए ।

कार्यालय बिदा रहेको र बिदाका समयमा सिपर्दीमा काम गर्ने मेकानिक नहुँदा आइतबार कार्यालय खुलेलगत्तै नपाको पत्रसाथ दमकल मर्मतकालागि इटहरी पु¥याइएको भट्टराईले छलफलका क्रममा जानकारी गराएका थिए ।
दमकल जस्तो सेवालाई दुरुस्त राख्न नसक्नु नगरपालिकाको कमजोरी औल्याएका सर्वसाधारणले नगरपालिकाको क्षेत्र विस्तार भएको हुँदा एउटा मात्र दमकलले सेवा उपलब्ध गराउन नसक्ने भन्दै अर्को नयाँ दमकलको किन्न सुझाव दिएका थिए ।

 


ज्ञापन बुझ्दै इनरुवा नगरपालिकाकी उपप्रमुख जमुना गौतम पोखरेलले घटना दुखद भएकाले आफु मर्माहित भएको भन्दै स्थानीयको मागको सवालमा कार्यपालिका आपतकालिन बैठक डाकी आवश्यक छलफल गर्ने बताइन् ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia