इनरुवा। झापा र मोरङ जिल्लामा भएको सवारी दुर्घटनामा मंगलबार राति एक बालिका सहित २ जनाको मृत्यु भएको छ ।

मोरङको बेलवारी नगरपालिका– ४ बेतना सिमसार क्षेत्रमा पूर्वपश्चिम राजमार्ग अन्र्तगत मंगलबार राति भारतीय लहरीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको एचआर ४६ सी ७८७६ नंम्बरको भारतीय लहरीले विपरीत दिशाबाट आउँदै गरेको को २० प ६७०२ नंम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सुनसरी, बराहक्षेत्र नगरपालिका–४ का १९ वर्षीय आर्यन चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । चालकलाई इलाका प्रहरी कार्यालय बेलवारीले नियन्त्रणमा लिएको छ ।


उता झापाको भद्रपुर नगरपालिका ५ स्थित मेची पुलमा मंगलबार ट्रयाक्टरले किचेर १ बालिकाको मृत्यु भएको छ । भद्रपुरबाट मेची खोला तर्फ जाँदै गरेको मे १ त ५२३० नम्बरको ट्रयाक्टमा सवार सोहि स्थान बस्ने बर्ष ५ की राखी यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यादबलाई आफ्नै वाबुसंग छठ पर्वको मेला हेर्न जाने क्रममा ट्रयाक्टरबाट ओर्लदै गरेको अवस्थामा ट्रयाक्टर पछाडी गुड्दा बालिकालाई चक्काले किचेको थियो । चक्काले किचेर गम्भीर घाइते बालिकालाई उपचारको लागि ओमसाई पाथिभरा अस्पताल भद्रपुर पठाईएकोमा उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको हो भने ट्रयाक्टर र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 


यता सुनसरीको देवानगंज गाउँपालिका ७ बुढीखोलामा करेण्ट लागेर एक युवकको मृत्यु भएको छ । करेण्ट लागेर सोही गाउँपालिका सरदार टोल बस्ने बर्ष १८ को संजय सरदारको मृत्यु भएको जिल्ला प्रहरी कार्याल सुनसरीले जनाएको छ । सरदारलाई घरबाट तार टाँगेर बुढीखोलामा तार जडान गर्न क्रममा अचानक करेण्ट लागेको थियो । करेण्ट लागेर गम्भीर घाइते उनलाई उपचारको लागि बिराटनगर स्थित नोबेल अस्पताल ल्याईएकोमा उपचारको क्रममा ज्यान गएको हो । शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल ईनरुवा पठाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया