इलाम । इलामको माङसेबुङ गाउँपालिका-३ भन्ज्याङमा ट्याक्टर दुर्घटनामा चालक र सह-चालकको मृत्यु भएएको छ । भन्ज्याङ स्थित फाल्गुनन्द कच्ची सडक खण्डमा पाँचथरबाट दमक तर्फ अदुवा बोकेर आउँदै गरेको को १ त ८०२५ नम्बरको ट्याक्टर सडक बाट १५० मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा ट्याक्टर चालक सोही गाउँपालिका-५ बस्ने बर्ष २८ को नबिन कुरुवाङ र सह-चालक धनकुटा चौबिसे गाउँपालिका-८ बस्ने बर्ष २२ को गोकुल लिम्बुकाे ज्यान गएकाे हाे ।

तपाईको प्रतिक्रिया