२५ वर्षको उमेरमै बलिउड अभिनेत्री आलिया भट्टले कीर्तिमानी कायम गरेकी छिन् ।  सबैभन्दा कम उमेरमा १० प्रभावशाली भारतीयको सूचीमा अटाउन सफल आलिया भट्ट पहिलो भारतीय बनेकी छिन् ।

उक्त सूचीमा समेटिएका व्यक्तिहरु मध्ये उनी सबैभन्दा कान्छी हुन् । यु–गव इन्फएन्सर इन्डेक्स २०१८ को अध्ययनले आलिया सबैभन्दा कम उमेरमै कीर्तिमानी कायम गर्न सफल भएको देखाएको हो । जागरुकता, लोकप्रियता, विश्वास र कुनै एक क्षेत्रमा पारेको प्रभावका आधारमा उक्त सूची तयार पारिने बताइएको छ ।

उक्त सूचीमा फिल्म इन्डस्ट्री र क्रिकेट जगतका व्यक्तिहरुलाई स्थान मिलेको छ । सूचीमा नवौं स्थानमा छिन् । उक्त सूचीको पहिलो नम्बरमा अभिनेता अमिताभ बच्चन छन् भने हालै वैवाहिक बन्धनमा बाँधिएकी अभिनेत्री दीपिका पादुकोण दोस्रो स्थानमा अटाएकी छिन् । पीटीआईका अनुसार सूचीमा पहिलो स्थानमा रहेका अमिताभ बच्चनलाई कर्पोरेट, सरकारी संस्था, टुरिजम र जागरुकता अभियानका लागि पहिलो रोजाई भनिएको छ ।बीबीसीको सहयोगमा

तपाईको प्रतिक्रिया

trusted online casino malaysia