इटहरी / इटहरीका ११ बर्षीय प्रीतम आचार्य भारतीय च्यानल जी टिभीको सारेगमपाको लिटिल चैम्समा तेस्रो राउण्ड पार गर्न सफल भएका छन् । उनले तेस्रो राउण्डमा स्वर सम्राट नारायण गोपालको गलती हजार हुन्छ बोलको गीत गाएर निर्णायकको मन जित्न सफल भएका हुन् । उनी सारेगामापाको पहिलो चरणमा पर्न सफल भएपछि भारत गएका हुन् । प्रितमले पहिलो चरणमा जिना जिना बोलको हिन्दी गीत गाएका थिए भने दोस्रो चरणमा हिन्दी तथा नेपाली गीत गाएका थिए । यस अघि उनी शुरशाला आइडलमा फस्ट रनरअप भएका थिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia