मिस वल्र्डका निम्ति प्रतिस्पर्धा गरिरहेकी श्रृंखला खतिवडाले आफुलाई अझै धेरै भोट आवश्यक रहेको बताएकी छिन । उनले विश्वभरमा प्रतिष्प्रधीलाई जित्न अझै नेपालीहरुको मायाँ आवश्यक रहेको बताउँदै विभिन्न माध्यबाट आज दिन भर आफुलाई भोट गर्ने आग्रह गरिन । उनले आफ्नो सामाजिक सञ्जाल मार्फत सम्पूर्ण नेपालीहरुमा यस्तो आग्रह गरेकी हुन । प्रतिस्पर्धा चीनमा भइरहेको छ ।

प्रतिस्पर्धामा विश्वका १२१ देशका सुन्दरीहरुको सहभागिता छ । यो इभेन्ट सन् २०१८ डिसेम्बर ८ मा हुन लागेका बुझिएको छ । अहिले भोट गर्ने नेपालीहरुको संख्या बढिरहेकोमा खुसी ब्यक्त गदै श्रृंखलाले भनिन् मलाई भोट गर्नेहरुको माया कहिल्यै बिर्सेन्न पिल्ज मलाई भोट गर्नुहोस,म तपाईहरुको मायाँले विश्व सँग प्रतिष्प्रर्धा गदै छु । मलाई धेरै सेयर गरी भोट गरिदिन बिन्रम अनुरोध गर्छु उनी भन्छिन । मैले देशबासीको माया सोचेभन्दा धेरै पाए अझै माया चाहान्छु भोट गर्दिनु प्लिज ।

अहिले त्यहाँं उपस्थित धेरैलाई श्रृंखलाले आफ्नो प्रभाव छोड्न सफल भएकी बताइन्छ । उनले इभेन्टमा उपस्थित विभिन्न देशका सुन्दरीहरुलाई नेपाली भाषा बोल्न सिकाउने, नेपाली गीत गाउन लगाउने जस्ता कार्यहरु पनि गर्न भ्याएकी छिन् ।सबैलाई आफूप्रति आकर्षित गर्न सफल भएकी श्रृंखलाले नेपालको संस्कृति झल्किने विभिन्न प्रस्तुति दिइरहेकी छिन् । हालसम्मको अवस्थालाई हेर्ने हो भने उनी विश्वका सुन्दरीहरुलाई पछि पार्दै भोटिङमा एक नम्बरमा रहेकी छिन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia