काठमाडौं । बुबा स्व. भरतलाल श्रेष्ठ विशाल बजार लायन्स क्लबका संस्थापक अध्यक्ष हुनुहुन्थ्यो । त्यसबेला यो लायन्स क्लब विभिन्न समाजसेवामा निकै सक्रिय थियो । तर अहिलेजस्तो त्यसबेला सञ्चारमाध्यम धेरै नभएकाले जति समाजसेवा गरे पनि क्लबको भने खासै चर्चा हु“दैनथ्यो । मैले भने भर्खर–भर्खरै कामना पत्रिकाको काम शुरु गरेको थिए“ । कामनाले छोटो समयमै पाठकको मन जितेर लोकप्रियता कमाइसकेको भए पनि मनोरञ्जनप्रधान पत्रिका भएकाले लायन्स क्लबका गतिविधिहरू यसमा समावेश हु“दैनथ्यो अथवा भनौं समावेश गर्न मिल्दैनथ्यो ।

विशाल बजारमा हाम्रो आफ्नै एउटा पसल पनि थियो । व्यापारिक सिलसिलामा बुबा त्यसबेला प्रायः विदेशतिर गइरहने भएकाले जेठो छोराको नाताले पसल हेर्ने जिम्मेवारी मेरो नै भन्दा हुन्थ्यो । त्यसैले लायन्स क्लबका प्रायः सबै पदाधिकारी तथा सदस्यहरू बुबा अध्यक्ष हुनुभएकै कारणले पनि हाम्रो पसलमा आइरहन्थे । त्यसमध्ये जोस–जा“गर भएका केही युवा पदाधिकारीहरू क्लबले गरेका योगदानबारे पत्रपत्रिकामा पनि आइदिएहुन्थ्यो भन्ने चाहना राख्थे र, यस विषयमा मस“ग सल्लाह मागिरहन्थे । आफूले गरेका योगदान धेरैले थाहा पाइदिए थप प्रोत्साहन मिल्थ्यो भन्ने चाहना हुनु एउटा मानवीय स्वभाव पनि हो ।

कामना पत्रिकामा आबद्ध हुन थालेपछि नेपाली कलाकारस“ग हिमचिम बढ्नु स्वाभाविक नै हो । समय अभावका कारण पत्रिकाका लागि धेरै काम पसलमै बसेर गर्ने भएकाले त्यहा“ थुप्रै नेपाली कलाकारको आवतजावत भइरहन्थ्यो । तीमध्ये प्रसिद्ध गायक प्रकाश श्रेष्ठ मैले पत्रकारिता गर्नुअघि नै नजिकको मित्र भइसकेका कारण उहा“ प्रायः फुर्सद हुनेबित्तिकै पसलमा आउनुहुन्थ्यो । र, हामी ग्राहक नभएको बेलामा चिया–कफी खाएर गफ गरिरहेका हुन्थ्यौं । यसैगरी सो समयमा नेपालकै सबैभन्दा लोकप्रिय गायक नारायण गोपालस“ग पनि मेरो निकै राम्रो सम्बन्ध भएकाले उहा“ पनि फुर्सदमा प्रायः नया“ सडकतिर आउनुहु“दा मकहा“ एकपल्ट नपसीकन फर्कनुहु“दैनथ्यो ।

आफ्नो स्वभावका कारण धेरै जनास“ग हिमचिम गर्न नरुचाउने नारायण गोपालस“ग छोटो समयमै घनिष्ठता बढ्नुको पनि रमाइलो कारण छ । उहा“ले शुरु–शुरुमा रेडियोमा गाउनुभएका केही गीत उहा“स“ग नरहेको र ती गीतहरू खोजिरहनुभएको थाहा पाएपछि मैले आपूmस“ग घरमा रहेको क्यासेटबाट सारेर दि“दा उहा“ धेरै प्रसन्न हुनुभएको थियो । भन्नुहुन्थ्यो– ‘तिमी त सा“च्चिकै मेरो फ्यान रहेछौ ।’ हुन पनि म नारायण गोपालको गीत भनेपछि हुरुक्कै हुन्थें । त्यसैले काठमाडौं इकुबहाल घर भएकी मेरी ठूली आमाका छिमेकी गायक स्व। हरिबहादुर रञ्जितकारलाई अनुरोध गरी–गरी मैले नारायण गोपालका पाएसम्मका गीतहरू रेडियो नेपालबाट भरेर राख्ने गरेको थिए“ । गायक हरिबहादुर त्यतिबेला रेडियो नेपालकै कर्मचारी हुनुहुन्थ्यो । विशाल बजारमा आफ्नै पसल हु“दाको फाइदा उठाउ“दै गीत भरेर ल्याइदिएबापत त्यतिबेलाको नाम चलेको जापानमा बनेको टीडीके क्यासेट गायक रञ्जितकारलाई उपहार दिन्थें । उहा“ले पनि दंग पर्दै मैले भनेका गीतहरू रेडियोबाट भरेर मलाई ल्याइदिनुहुन्थ्यो ।

नारायण गोपाल मस“ग आकर्षित हुनुको एउटा अर्को कारण उहा“ पनि पत्रिका र म्यागजिनको प्रेमी हुनुहुन्थ्यो । त्यतिबेला उहा“को सक्रियताबाट प्रकाशित हुने संगीत विषयको बागिना नामको पत्रिका पनि चर्चित थियो । तर मस“ग नारायण दाइको संगत हु“दासम्म बागिना बन्द भइसकेको थियो । त्यसैले कामनाले छोटो समयमै लोकप्रियता हासिल गर्न सक्नुका कारणबारे उहा“ले पटक–पटक मस“ग जिज्ञाशापूर्वक कुरा गरिरहनुहुन्थ्यो । नारायण दाइ बेला–बेलामा ‘यति सानो उमेरमै तिमीले कमाल गरेर देखाइदियौ’ भन्दै मेरो तारिफ गरिरहनुहुन्थ्यो । मचाहि“ सधैं उहा“लाई पत्रिका निकालेर मात्र नहुने, यसको व्यवस्थापन पक्ष र पत्रिकामा काम गर्नेहरूको ‘टिम वर्क’ राम्रो हुनुपर्ने बताउने गर्थें ।

यसैबीच एकाएक मेरो दिमागमा लायन्स क्लबलाई एउटा फिल्म अवार्ड कार्यक्रम गराउने सोच आयो । त्यसबेला आफ्नो तन, मन, धन सबै कलाकारको श्रीवृद्धिमै समर्पित भएको र पत्रिकाको मूल उद्देश्य पनि नेपाली फिल्म र कलाकारलाई प्रोत्साहित गर्ने थियो । त्यसैले मैले एकदिन बुबासहित लायन्स क्लबका मुख्य पदाधिकारीलाई राखेर पहिलो नेपाली फिल्म अवार्ड कार्यक्रम गर्ने प्रस्ताव राखें । चलचित्र र कलाकारस“ग गोरु बेचेको साइनोसम्म पनि नभएका व्यापारीलाई मेरो प्रस्तावले एकछिन त वाल्लै बनाएछ । उनीहरू अकमकिएको देखेपछि मैले नै फेरि हौस्याउ“दै यस्तो कार्यक्रम गर्न सके विशाल बजार लायन्स क्लब छिट्टै जनमानसमा चर्चित हुने र नेपालमा अहिलेसम्म कसैले नगरेका कारण क्लबको इतिहासमा नाम पनि रहने बताएपछि उनीहरू अलि सहज देखिए ।

कार्यक्रमका लागि आवश्यक हुने कलाकारको संयोजन मैले नै गरिदिन्छु भनेपछि उनीहरूको मनोबल पनि बढेको देखियो । किनभने उक्त क्लबका प्रायः सबै सदस्यहरू विशाल बजारभित्रकै व्यापारीहरू भएकाले मकहा“ आइरहने नारायण गोपालदेखि सुष्मा शाही, शिव श्रेष्ठ, भुवन केसी, प्रकाश श्रेष्ठहरूको बाक्लो आवतजावत उनीहरू सधैं देखिरहेका हुन्थे । त्यसैले केही समयभित्रै क्लबको औपचारिक बैठक बस्यो । सो बैठकले विशाल बजार लायन्स क्लबले नेपालमै पहिलोपटक २०४० सालदेखि २०४२ साल माघ महिनाभित्र बनेका नेपाली चलचित्रलाई समावेश गरेर २०४३ साल वैशाख १७ गते ‘लायन्स अवार्ड’ गर्ने निर्णय ग¥यो ।

लायन्स क्लबलाई यस्तो सल्लाह दिनुअघि अनौपचारिकरूपमा नारायण दाइ र प्रकाश श्रेष्ठस“ग पनि सल्लाह मागेको थिए“ । उहा“हरू दुवैले हरियो बत्ती देखाउनुभएका कारण पनि लायन्स क्लबलाई सल्लाह दिन मेरो हिम्मत बढेको थियो । किनभने उहा“हरू दुवैजना त्यसबेला नेपाली संगीतका स्टार नै हुनुहुन्थ्यो ।

उहा“हरूको सहयोग पाउने भएपछि यस्तो कार्यक्रम त्यत्तिकै सफल हुने विश्वास पनि थियो । नेपालमै पहिलोपटक हुन लागेकाले ठूलो चुनौती पनि थियो । कार्यक्रम आयोजकलाई पैसा र मान्छे जुटाउनेबाहेक अरु ठूलो समस्या त थिएन तर कार्यक्रमका लागि आवश्यक सबै कलाकार, प्राविधिक, जुरीहरू र कार्यक्रमको रूपरेखासमेत बनाउनुपर्ने जिम्मा आफ्नो भागमा परेको हुनाले कैयौं रात निदाउनै नसक्ने हुन्थ्यो ।

मुम्बईमा लामो समय बसी बलिउड कलाकारस“ग राम्रो उठबस भएका नरेन्द्र श्रेष्ठको त्यस बेलाकी सुप्रसिद्ध अभिनेत्री सबाना आजमीस“ग पनि राम्रो सम्बन्ध थियो । मुम्बईको लामो बसाइपछि विशाल बजारमा पसल खोल्नुभएका सूर्यप्रसाद श्रेष्ठस“गको सम्बन्धका कारण नरेन्द्रजी बराबर विशाल बजारमा आइरहनुहुन्थ्यो । विशाल बजारले अवार्ड कार्यक्रम गर्ने समयताका पनि उहा“ आप्mनी दिदीको विवाहका लागि काठमाडौं आइरहनुभएको थियो ।

लायन्स क्लबको कार्यक्रमबारे कुरा सुन्नेबित्तिकै सहयोगी स्वभावका नरेन्द्रजीले काठमाडौंबाटै अभिनेत्री सबाना आजमीलाई फोन गर्नुभएको मलाई याद छ । फोनमा कुरा गरेपछि नरेन्द्रजीले सबानालाई नेपाल ल्याउने आश्वासन मात्र दिनुभएन, ल्याएरै छोड्नुभयो । तर यता भने जति–जति कार्यक्रम नजिकि“दै गयो, उति–उति नेपाली कलाकारबाटै नखरा देखिन थाल्यो । एकातिर विशाल बजार लायन्स क्लबका सदस्यहरू आफ्नो कार्यक्रम फिल्मफेयरले गर्ने कार्यक्रम फिल्मफेयर अवार्डस“ग तुलना गर्दै सपना देख्न थालिसकेका थिए भने अर्कातिर सबैभन्दा विश्वास गरिएका नारायण गोपाल नै तर्किन थालेकाले हैरान बनाइसकेको थियो ।

सबैभन्दा बढी आस गरिएका नारायण गोपाल नै नआउने थाहा पाएपछि आयोजकलाई पनि खिन्न लाग्नु स्वाभाविक नै थियो । कार्यक्रमको दिन एकाबिहानै कार्ड लिएर पुनः नारायण दाइको घरमा पुगें । लामो प्रयास गरे पनि ढोका नखोलेपछि निरास हुँदै कार्ड गेटभित्रै फालेर फर्कन बाध्य भए“ । सबाना आजमी काठमाडौं ओर्लिसकेकी थिइन् । बाहिर नारायण गोपाल कार्यक्रममा उपस्थित नहुने थाहा पाएर हो वा उहा“कै कारण हो, कार्यक्रममा गीत गाउन ठिक्क परिसकेकी तारा थापा र सुकमित अधिकारीसमेत निहु“ खोज्न थालेको खबर आउन थाल्यो ।
संयोगले जुरीबाट त्यसबेला निकै चलेको कान्छी चलचित्रबाट नारायण गोपाल नै सर्वश्रेष्ठ गायकमा छानिएको कुरा आयोजककै एक सदस्य भएको नाताले थाहा भएपछि अब यसैलाई आधार मानेर नारायण गोपाललाई कार्यक्रममा सहभागी भइदिनका लागि उहा“को महाराजगन्ज चक्रपथमा रहेको निवासमै भेट्न गए“ । गोप्य र प्राविधिक कारणले गर्दा तपाईं नै पुरस्कृत हु“दै हुनुहुन्छ भन्न नमिले पनि कूटनीतिक भाषाले घुमाएर यो कुरा उहा“लाई राख्दा अलि प्रोत्साहित भइदिनुहोला कि भन्ने आस थियो । तर उहा“ टसको मस हुनुभएन, झन् भड्किनुभयो । आश्चर्यको कुरा त के थियो भने, किन नआउने भन्ने कुरा पनि खोल्नुहु“दैनथ्यो । पैसाको कुरा भए पनि त खुलस्त भनिदिनुभए हुन्थ्यो नि रु त्यो पनि नभन्ने । यता क्लबमा सोधेको सोधेकै गर्थे । त्यो दिन पनि दिक्क भएर फर्कें ।

अब भोलि नै कार्यक्रम हुने भइसक्यो । सबैभन्दा बढी आस गरेका नारायण गोपाल नै नआउने थाहा पाएपछि आयोजकलाई पनि खिन्न लाग्नु स्वाभाविक नै थियो । तैपनि मैले कार्यक्रममा गीत गाएर सहभागी नभए पनि पुरस्कार त लिन आउनुहुन्छ भनी आयोजकलाई आश्वासन दिन छोडेको थिइन“ । यता गायक प्रकाश श्रेष्ठ भने दिल खोलेर सहयोग गरिरहनुभएको थियो । संगीत संयोजनको सबै जिम्मा शम्भुजित बा“स्कोटा र शुभबहादुरलाई दिएका थियौं । कार्यक्रमको दिन सबाना आजमी पनि काठमाडौं आइपुग्ने निश्चित भएपछि ममाथि झन् दबाब सिर्जना भयो ।

कार्यक्रमको दिन एकाबिहानै कार्ड लिएर पुनः नारायण दाइको घरमा पुगें । लामो प्रयास गरे पनि ढोका नखोलेपछि निरास हु“दै कार्ड गेटभित्रै फालेर फर्कन बाध्य भए“ । यतिसम्म ठीकै थियो । यता सबाना आजमी काठमाडौं ओर्लिसकेकी थिइन् । कार्यक्रम सा“झमा थियो । बाहिर नारायण गोपाल कार्यक्रममा उपस्थित नहुने थाहा पाएर हो वा उहा“कै कारण हो, कार्यक्रममा गीत गाउन ठिक्क परिसकेकी तारा थापा र सुकमित अधिकारीसमेत निहु“ खोज्न थालेको खबर आउन थाल्यो । उहा“हरू नारायण गोपालकै कारण चिढिएको भनिए पनि आजको दिनसम्म यसको औपचारिकरूपमा पुष्टि हुन सकेको छैन । तर, यसका बाबजुद त्यतिबेला प्रज्ञाप्रतिष्ठानमा कार्यरत उहा“हरूलाई केही समयका लागि नसिहत दिएको समाचार भने बाहिर आएको थियो ।

कार्यक्रमको मुखमै आएर यति तनाब झेल्नुपरे पनि कार्यक्रम भने भव्यरूपमा सम्पन्न भयो । कार्यक्रमपछि चारैतिर यसको चर्चा हुनथाल्यो । त्यसबेला बलिउडकी सुविख्यात अभिनेत्री सबाना आजमीदेखि नेपालका मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, अम्बर गुरुङ, शिव श्रेष्ठ, शर्मिला मल्ल, सुष्मा शाही, नीर शाह, गोपाल योञ्जन, हरिहर शर्मा, शकुन्तला शर्मा, अरुणा लामा, प्रकाश श्रेष्ठ, दीपक खरेल, ओमविक्रम विष्ट, रवीन शर्मा, चेतन कार्की, तुलसी घिमिरेदेखि प्रज्ञाप्रतिष्ठानका उपकुलपति लैनसिंह वाङ्देल, सदस्य–सचिव विजय मल्ल आदिको उपस्थितिले कार्यक्रम भव्यताकासाथ सम्पन्न भएको थियो । मुम्बईबाट आएकी अभिनेत्री सबाना आजमीले समेत कार्यक्रमको प्रशंसा गरिन् । बाहिर पनि त्यत्तिकै चर्चा हुनथालेपछि लायन्स क्लबका पदाधिकारीले पनि मख्ख पर्दै आफ्नो उद्देश्य पूरा भएको महसुस गरे ।

कार्यक्रम एउटा हाइटमा पुगेर टुंगिएकै कारणले होला, नारायण दाइलाई पनि आफ्नो अवार्डको लोभ जागेछ । कार्यक्रम सकेको केही दिनपछि उहा“ले नाताले आफ्नो भाइ पर्ने मान्छेलाई एउटा चिटसहित लायन्स क्लबमा अवार्ड लिन पठाउनुभयो । यसबारे अलमलमा परेका क्लबका पदाधिकारीले मस“ग आवार्ड दिने÷नदिने बारे सल्लाह मागे । उहा“हरूलाई मैले अवार्ड नै दिनुहुन्न त भनिन“ । तर त्यतिबेला नारायण दाइले गर्नुभएको व्यवहार सम्भि“mदै अवार्ड लिन उहा“ स्वयम् उपस्थित नभएसम्म अवार्ड अन्य व्यक्तिलाई हस्तान्तरण गर्नु भनेको त्यो अवार्डकै अवमूल्यन गर्नु हो भन्दै अवार्ड रोकेको थिए“ । मलाई लाग्थ्यो, नारायण दाइको त्यो लायन्स अवार्ड अहिले पनि विशाल बजारस्थित लायन्स क्लबको कुनै दराजमा थन्किएको हुनुपर्छ, नभन्दै खोज्दै जा“दा त्यो भेटियो पनि । समाचार नेपाली समाचारपत्रमा छ ।

तपाईको प्रतिक्रिया