इटहरी। स्थानीय तहले चाडवाडका वेलामात्र वजार अनुगमन गर्ने गरेको आरोप लागिरहेको वेला इटहरी उपमहानगरले वजार अनुगमन गरेको छ। इटहरी उपमहानगरले विहान इटहरी खनार वजारमा अनुगमन गरेको हो । किराना, होटल र मीठाइ पसल गरि ६ वटा पसल अनुगमन गरिएको हो ।

उपभोक्ता हीत संरक्षण शाखा प्रमुख विजय मगरका अनुसार अघिकाँश पसल ब्यवसाय दर्ता नगरि संचालन गरेको पाइएको छ । होटलमा भान्सा सरसफाई नगरिएको,किराना पसलमा विक्रि गर्नका लागि राखिएका सामानको मूल्य मेटाएको,नापतौल नविकरण नभएको विक्री विल नराखेको पाइएको छ ।

जिल्ला प्रशासन र खाद्यय तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रतिनिधि,उपभोक्ता संरक्षणमा मञ्च,संचारकर्मी,प्रहरी संलग्न टोलीले वजार अनुगमन गरेको हो । वजार अनुगमन लाई निरन्तरता दिइने इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia