काठमाडौं । राजनीतिक संकट खेपिरहेको श्रीलंकाको एक अदालतले प्रधानमन्त्रीका रुपमा तत्काल कुनै काम नगर्न महिन्दा राजापाक्षेलाई अन्तरिम आदेश दिएको छ ।

राजापाक्षे सरकारविरुद्ध दायर रिटमाथि सुनुवाई गर्दै पूनरावेदन अदालतले प्रधानमन्त्रीको हैसियतमा काम नगर्न राजापाक्षेका नाममा अन्तरिम आदेश जारी गरेको हो । राष्ट्रपति मैथ्रिपाला सिरिसेनाले रनिल विक्रमासिंहेलाई पदस्थापन गर्दै राजापाक्षेलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेपछि श्रीलंकामा राजनीतिक संकट चुलिएको छ ।

राजापाक्षेले संसदमा पनि दुई पटकसम्म विश्वासको मत लिन असफल भएपछि प्रधानमन्त्रीको कार्यालय सम्हाल्न अयोग्य भएको भन्दै १ सय २२ जना सांसदले पूनरावेदन अदालतमा मुद्दा दायर गरेका थिए । सोमाथि सुनुवाईमा अदालतले मुद्दाको किनारा नलागेसम्म प्रधानमन्त्रीको हैसियतमा काम नगर्न राजापाक्षे र उनको मन्त्रीमण्डललाई आदेश दिएको हो ।

राजापाक्षे र उनको मन्त्रीमण्डलका सदस्यहरुलाई आगामी डिसेम्बर १२ मा अदालतमा उपस्थित हुन पनि भनिएको छ । तत्कालिन संसद विगठन गर्दै राजपाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने राष्ट्रपति सिरिसेनाको कदमविरुद्धको अर्को मुद्दा त्यहाँको सर्वोच्च अदालतमा समेत बिचाराधीन छ ।  समाचार कान्तिपुरमा छ ।

तपाईको प्रतिक्रिया