बिराटनगर । प्रदेश १ मा आगामी पुस १ गतेदेखि बिहान र बेलुका दुई –दुई घण्टा टिपर चलाउन रोक लगाइएको छ । टिपरका कारण दुर्घटना बढेपछि प्रदेश नं १ ट्राफिक प्रहरी कार्यालयले बिहान ९ देखि ११ बजेसम्म र दिउँसो ३ देखि ५ बजेसम्म मुख्य राजमार्ग र सहायक मार्गमा टिपर चलाउन रोक लगाएको हो ।

यो समयमा सडकमा बढी चाप हुने भएकाले टिपर चलाउन रोक लगाइएको ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक रविकुमार पौडेलले जानकारी दिए । टिपरका कारण यात्रुहरुलाइ आवातजावतमा समस्या त उत्पन्न भएकै छ,दुर्घटनाको जोखिम समेत उत्तिकै बढेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia