सुनसरीको रामधुनी नगरपालिकामा पुषको पहिलो साताबाट दोस्रो रामधुनी गोल्ड कप नकआउट फुटबल प्रतियोगिता संचालन हुने भएको छ ।
पुषको ७ गतेबाट १४ गतेसम्म चल्ने प्रतियोगितालाई रामधुनी आर्दश संस्था रामधुनी–४ सुनसरीले संचालनमा ल्याउन लागेको हो । झुम्कामा पत्रकार सम्मेलन गरी आयोजकले प्रतियोगिता संचालनको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराइएको छ । रामधुनी नगरपालिका वडा नम्बर ४ को संयोजनमा हुन लागेको फुटबल प्रतियोगिताको मूख्य प्रायोजक भने मल्टि सोलुसन कन्ट्रक्सन कम्पनी प्रा.लि. काठमाण्डौं सहित न्यू धनलक्ष्मी हार्डवेयर झुम्का रहेको छ ।


प्रतियोगितामा रामधुनी आर्दश फुटबल क्बल सहित दमक फुटबल एकेडेमी झापा, धनकुटा फुटबल संघ धनकुटा , गाईघाट फुटबल क्लब उदयपुरका साथै विभागिय टिम एपिएफ, उर्लाबारी फुटबल क्लब मोरङ, डि.सि.टि. सुनसरी र युकेएफसी दार्जेलिङ भारत फुटबल क्लबले सहभागिता जनाउँदै छन् । इक्राही खेल मैदानमा हुने प्रतियोगिताको बिजेताले ट्रफि सहित नगद १ लाख पाउने छ भने उपबिजेता टिमले ५१ हजार पुरस्कार पाउने कार्यक्रम संयोजक केशब बहादुर खड्काले पत्रकार सम्मेलनमा जानकारी दिए ।

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार प्रथम पुरस्कारको रासी पहिलो संस्करणबाटै मल्टि सोलुसन कन्ट्रक्सन कम्पनी प्रा.लि. काठमाण्डौं सहित न्यू धनलक्ष्मी हार्डवेयर झुम्काका प्रोप्राइटर फौद सिङथापाले उपलब्ध गराउँदै आएका छन् भने यस पटक उपबिजेता टिमलाई सुनसरी क्षेत्र नम्वर ४ का सांसद ज्ञानेन्द्रबहादुर कार्कीले पुरस्कार रासी उपलब्ध गराउने भएका छन् । त्यसैगरी म्यान अफ दी म्याचकालागि स्थानीय व्यवसायी नविन चौधरी , म्यान अफ दी सिरिजकालागि पूर्व राष्ट्रिय खेलाडी सुरेन्द्र श्रेष्ठ र गोल स्कोररकालागि अम्बिका ट्रेडर्सले नगर सहितको पुरस्कार उपलब्ध गराउने बताइएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia