२४ असोज, इनरुवा
सुनसरीका विद्यालयलाई दलित मैत्री विद्यालय घोषणको तयारी थालिएको छ ।
विद्यालयमा उपस्थित विद्यार्थीको संख्या, उनिहरुलाई उपलब्ध गराउँदै आइएको छात्रवृति लगायतका सेवा सुविधालाई मध्यनजर गर्दै सरोकारवालाहरुले दलित मैत्री विद्यालय घोषणाको तयारी थालेका हुन् ।
जिल्लाका १० विद्यालयलाई मूल्याङकनका आधारमा दलित मैत्री विद्यालय घोषणाको अभियान थालेको दलित गैरसरकारी संस्था माहासंघले सो क्रमका लागि सम्वन्धित विद्यालयहरुको अनुमगन गरेको छ ।
दलित मैत्री विद्यालय घोषणाको अन्तिम तयारीका लागि सरोकारवालाहरुको टोलीले मधुवनको भगवानराम निमावि र जनता उमाविमा अनुगमन गरी अवस्थाबारे जानकारी लिएको दलित गैसस महासंघका अध्यक्ष डिबिशाह शंकरले जानकारी दिनुभयो ।
सो क्रममा टोलीले दलित विद्यार्थीहरुको अवस्था र छात्रवृति वितरण प्रकृया लगायतका बारेमा समेत जानकारी लिएको थियो । छात्रवृतिका नाममा विभिन्न विद्यालयमा प्रअले आर्थिक अनियमितता गर्ने गरेको र दलित विद्यार्थीहरुले छात्रवृति पाउन नसकेको गुनासोका आधारमा टोलीले सम्वन्धित विद्यालयहरुमा अनुगमन गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia