- अमर काफ्ले

Posted by Inaruwa Online on Thursday, 13 December 2018

निर्माण सम्झौता बमोजिमको काम नभएको भन्दै नगरवासी पक्ष र विपक्षमा उभिन थालेपछि सुनसरीको इनरुवा नगरपालिकामा निर्माणाधिन सडकको विषय पेचिलो बन्दै गएको छ । कालोपत्रेकालागि सम्झौता भएको सडक अधुरो अवस्थामा रहने भन्दै स्थानीयले मापदड अनुरुपको सडक निर्माण गरिनुपर्ने अडान राखेका छन् ।

निर्माण कम्पनी र नगरपालिका विरुद्ध स्थानीयले आन्दोलन छेड्ने चेतावनी दिइरहँदा नगरपालिकाको कार्यालय भने समस्याको समाधान खोज्न तर्फ लागिपरेको छ । सडक निर्माणको विषय बेलैमा टुङग्याउन नसके नगरवासी र नगरपालिकाको कार्यालयबीच कटुतापूर्ण अवस्थाको सृजना हुन सक्ने स्थानीयहरु बताउँछन् । स्मार्ट सिटी परियोजना अन्र्तगत ठेक्का सम्झौता भएको सडक निर्माणको कार्य बिचमै अलपत्र पर्ने अवस्था सृजना भएको भन्दै नगरवासीले असन्तुष्टि जनाएका हुन् ।

Posted by Inaruwa Online on Thursday, 13 December 2018

सोही बिषयलाई लिएर सृजना हुने पुगेको अन्यौलतालाई चिर्न इनरुवा नगरपालिकाको कार्यालय लागिपरेको छ । जसकालागि समस्याको बेलैमा निदान खोज्नु चुनौतिका रुपमा देखा परेको छ । सडक निर्माणको कार्य प्रति स्वयं स्थानीय वडाध्यक्षहरु समेत असन्तुष्ट बनेका छन् । नगरवासीहरु समेत नगरपालिका र निर्माण कम्पनीको रवैया प्रति रुष्ट देखिएका छन् । वडा नम्वर ३ का वडाध्यक्ष कालुराम गुङग सहितका स्थानीयले त नगर प्रमुखको ध्यानाकर्षण सहित रमण कन्ट्रक्सन प्रालि उपर कार्वाहीको माग सहित जिल्ला प्रशासन कार्यालय सुनसरीमा उजुरी समेत दिइसकेका छन् ।

Posted by Inaruwa Online on Thursday, 13 December 2018

सम्झौता अनुसार कन्ट्रक्सनले सखुवागाछी चौकदेखि साविक इनरुवा ७ कुसुमगाछी दक्षिणतर्फको जिल्ला शिक्षा कार्यालयको भवन देखी उत्तरमा रहेको कलभर्ट सम्म पूर्वाधारयुक्त ५२ फिट सडक बनाउन १७ करोडमा ठेक्का पाएको थियो । इस्टिमेट भन्दा बाहिर गरी एकतर्फी खण्डमा ७० फिटमा संरचना निर्माण गरिएपछि सम्झौता बमोजिमको सडक निर्माणको कार्य अधुरो रहने भन्दै स्थानीयको असन्तुष्टि चुलिएको हो । ५२ फिटमा गर्नुपर्ने काम ७० फिटमा गरिएपछि तत्कालकालागि सडक १३ सय मिटर अर्थात बढीमा जिल्ला समन्वय समितिको कार्यालय सम्म मात्र बन्ने हल्ला फिंजिएको छ । पूनः मूल्यांकन भएको खण्डमा केहि मिटर सडक लम्बिने सम्भावना रहेपनि नगरवासी भने पूर्ण रुपमा विस्तस्त हुने अवस्था नरहेको बताउँछन् । तोकिएकै मापदण्डमा सडक बन्नु पर्ने अडान लिएका स्थानीयहरुले नगरपालिकामा दबाब सृजना गरिरहेका छन् ।

Posted by Inaruwa Online on Thursday, 13 December 2018

सम्झौता बमोजिमको काम नभएपछि सिङगो बजार हुँदै सखुवागाछी सम्मको सडक लथालिङग रहने भन्दै तोकिए बमोजिमको काम हुनुपर्ने माग सहित स्थानीयले दवाब दिइरहेका छन् । उनिहरुले समयमै टेण्डर बमोजिमको सबै खण्डमा काम हुनु पर्ने अडान राखेका छन् ।
कार्यापालिका सदस्य समेत रहेका कैलाश पञ्चारियाले सडक निर्माणका विषयमा देखिएको असमञ्जस्यताको अवस्था निराकरण हुने सम्भावना बढेको बताए । सरोकारवालासँगको छलफल सकारात्मक रुपमा अघि बढेपनि निर्माण चरणको काम अघि नबढुनजेल विश्वास भने गरीहाल्न नसकिने बताउँछन् । यद्यपी नगरपालिकाको कार्यालयले भने बन्नु पर्ने सडकको सबैभाग समयमै सम्पन्न हुने दाबी गरिरहेको छ । सरोकारवालासँगको छलफल र पहलकदमी चलिरहेको बताउने नगरपालिकाको कार्यालय काम समयमै सम्पन्न हुनेमा विश्वस्त रहेको बताउँछ ।

Posted by Inaruwa Online on Thursday, 13 December 2018

छलफल र पहल सराकात्मक रुपले अघि बढेको बताउने इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले तत्कालिन समयमा बिभागका डी सहित मन्त्रालयका सचिवको आश्वासनमा काम थालिएको बताए । नगर प्रमुख मेहताले निर्माण कम्पनीको लापरवाहीका कारण जनमानसमा नकारात्मक सन्देश फैलिन गएको बताए । हाल जारी रहेको काम बढीमा दुई हप्तामा सकिने बताएका मेहताले केहीदिन भित्रबाट त्यसभन्दा अगाडी बजार तर्फ अघि बढ्ने सडकको काम समेत थालिने बताए । सडकको विषयमा सरोकारावालासँग भएको छलफल समेत सकारात्मक भएकाले शंका नगर्न उनले नगरवासीमा आग्रह गरेका छन् । यद्यपी मेयरको विषयमा बोलीमा नभई काममा मात्र विश्वास गरिने असन्तुष्ट नगरवासीहरुको भनाई छ ।

सम्झौता बमोजिमको सडक नबनाइदा नगरवासीमा आक्रोस पैदा हुनु स्वभाविक नै हो । जसलाई नगरपालिकाको कार्यालय र निर्वाचित जनप्रतिनिधिहरुले उचित सम्बोधन गर्न सक्नु पर्दछ । स्थानीयको विश्वास जितेर बिकास निर्माणको कार्य अघि बढाउन सके समृद्ध नगरको सपना साकार तुल्याउने कदममा इनरुवा नगरपालिकाका लागि पक्कै इटा थप्ने काम हुने थियो ।

Posted by Inaruwa Online on Thursday, 13 December 2018

तपाईको प्रतिक्रिया

trusted online casino malaysia