काठमाडौं ।  जिल्ला प्रहरी कार्यालयले मुस्ताङले जोमसोम क्षेत्रमा सिसीटिभी क्यामेरा जडान गर्ने भएको छ । प्रहरी प्रधान कार्यालयले मुलुकभरका प्रहरी कार्यालय तथा मुख्य बजारक्षेत्रका चोक र राजमार्गहरुमा सिसी क्यामेरा राख्ने योजनाअनुसार मुस्ताङमा यसको गृहकार्य भइरहेको हो । प्रहरी प्रधान कार्यालयले चालू वर्षको बजेटमा प्रत्येक जिल्लाका प्रहरी कार्यालय तथा व्यस्त बजारलाई लक्षित गर्दै बजेट बिनियोजन गरेको छ ।

मुस्ताङका प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काले केन्द्रिय बजेट र कार्यालयको आन्तरिक बजेट मार्फत २ महिनाभित्रै सिसी क्यामेरा राख्ने तयारी भइरहेको जानकारी दिए ।कार्यालयमा आउने सेवाग्राही न्यून हुने भएकाले राजमार्ग र विमानस्थललाई लक्षित गरी सिसीटिभी क्यामेरा राख्ने जानकारी उनले दिए । ‘सो कामको गृहकार्य भइरहेको छ, लागत आँकलन गरेका छौं, प्रनाउ खड्काले भने, ‘बेनी–जोमसोम सडक र विमानस्थललाई केन्द्रमा राखिएको छ ।’

एक महिनाभित्र सिसीटिभी क्यामेराबाट निगरानी गर्ने काम हुने उनले जानकारी दिए । प्रनाउ खड्काका अनुसार सिसी क्यामेरा विमानस्थलको भित्र र बाहिर देखिने प्रवेशद्वार, सडकको उत्तर–दक्षिणतर्फ देखिने गरी जडान हुने छ । प्रहरी प्रधान कार्यालयले प्रहरी सेवा प्रविधिमैत्री बनाउन यस्तो सोच बनाएको उनले उल्लेख गरे । सिसी क्यामेरालाई चाहिने कम्प्यूट र मनिटर आदि जिल्ला प्रहरी कार्यालयले खरिद गर्ने तयारी गरेको उनले बताए । पछिल्लो समय जिल्लामा आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा बृद्धि भइरहदा जिप्रकाले सिसी क्यामेराको अवधारणा ल्याएको हो । सिसी क्यामेरा प्रविधि जडान भएपछि अब मुस्ताङ भित्रिने हरेक पर्यटक तथा सवारी साधनहरुको निगरानी र डाटा सुरक्षित रहने प्रनाउ खड्काले बताए । समाचार राजधानी दैनिकमा छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia