इनरुवा । गाउँ शिक्षा समितिमा निजि बिद्यालयको प्रतिनिधित्व हुनुपर्नेमा एपीएस कोशी गाउँपालीकाले माग गरेको छ । शुक्रबार सुनसरीको कोशी गाउँपालीका वार्ड नम्बर ८ स्थित साईनिङ स्टार ईंग्लिश एकेडेमी भाण्टावारीमा आयोजित नृत्य प्रतियोगिताका सहभागी कोशी गाउँपालीका क्षेत्रका निजी बिद्यालय संचालकहरु माग गरेका छन् ।

एपीएस कोशी गाउँपालीका उपाध्यक्ष अशोक यादवका अनुसार कोशी गाउँपालीका क्षेत्रका १२ मध्ये १० निजी बिद्यालयका संचालकहरु गाउँ शिक्षा समितिमा निजी बिद्यालयको प्रतिनिधित्व हुनुपर्ने माग गरेको बताए । सरकारी बिद्यालय भन्दा सधै राम्रो रिजल्ट दिदै आएको बताउदै उपाध्यक्ष यादवले गाउँ शिक्षा समिति गठन गर्दा निजी बिद्यालयलाई बेवास्ता नगर्न आग्रह गरेका छन् ।

एपीएस कोशी गाउँपालीका अध्यक्ष पर्शुराम अध्यक्षतामा सम्पन्न अन्तर बिद्यालय नृत्य प्रतियोगिताको प्रमुख अतिथि शिक्षा समिति सदस्य सचिव सोमराज ढकाल रहेका थिए । कार्यक्रममा कोशी गाउँपालीका एपीएस सचिव अशोक साह, सह सचिव श्याम प्रसाद यादव, देवीलाल यादव, निरन्जन यादव, साईनिङ स्टार ईंग्लिश एकेडेमी भाण्टावारीका प्रअ अनिलकुमार यादव,नरेश सरदार,कृष्ण कामैत सहितको उपस्थिति रहेको थियो । सो कार्यक्रम सुधा देवले संचालन गरेकी थिइन् । नृत्य प्रतियोगितामा साईनिङ स्टार ईंग्लिश एकेडेमी भाण्टावारी प्रथम भएको आयोजकले जनाएको छ ।

यसैबीच सुनसरीको इनरुवामा समेत शुक्रबार लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । युपीएस इनरुवाले आयोजना गरेको लोक नृत्य प्रतियोगितामा सुर्य किरण एकेडेमी इनरुवा प्रथम भएको इनरुवा नगर प्याब्सन अध्यक्ष मनोजकुमार यादवले बताएका छन । रामधुनी नगरपालिका अध्यक्ष जयप्रकाश चौधरीको प्रमुख आतिथ्यमा भएको सो लोक नृत्य प्रतियोगितामा सिद्धार्थ शिक्षा सदन रामधुनी दोस्रो,प्रीसियस एकेडेमी तेस्रो तथा नवयुग एकेडेमी सान्त्वना भएको यादवले बताए । राजकुमार मेहताको अध्यक्षतामा भएको लोक नृत्य प्रतियोगितामा युपीएस वरिष्ठ उपाध्यक्ष खगेन्द्र केसी, उपाध्यक्ष गन्गाराम मण्डल,युवराज पोखरेल,हेमन्त शर्मा, मनोज चापागाईं, खगेन्द्र पोखरेल लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम रमेशप्रसाद गुरागाईले संचालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia