इनरुवा। कर्मचारी समायोजन अध्यादेशको विरोधमा उत्रिएका कर्मचारीको आन्दोलनका कारण सुनसरीका स्थानीय तहको सेवा प्रभावित बनेको छ ।  अध्यादेशले विभेद गराई कर्मचारीबीच फाँटो उत्पन्न गराउने काम गरेको भन्दै आन्दोलित कर्मचारीको धर्नाको प्रभाव जिल्लाका १२ वटै स्थानीय तहमा परेको छ ।


स्थानीय तह ट्रेड युनियन संयुक्त आन्दोलन परिचालन समितिका केन्द्रीय सदस्य मनोज खड्काका अनुसार १२ वटै तहका कर्मचारीले समायोजन अध्यादेशको विरोधमा कामकाज ठप्प पारेका छन् । जिल्लाको दक्षिणी भेगका गाउँपालिकामा समेत कामकाज ठप्प रहेको बर्जु गाउँपालिकाका कर्मचारी सन्तोष बन्जाराले जानकारी दिनुभएको छ । कतिपय स्थानीय तहका मूल गेटमा कर्मचारी धर्नामा बसेका छन् भने केही तहहरुमा विरोध स्वरुप ब्यानर टाँगेर काम ठप्प पारिएको छ ।


कर्मचारीहरु आन्दोलनमा उत्रिएसँगै कामकाज ठप्प हुँदा सेवाग्राही भने मार्कामा परेका छन् । सुनसरीको हकमा केही स्थानीय तहले भने आन्दोलित कर्मचारीसँगको समन्वयमा छिटपुट कामकाज सञ्चालनमा ल्याएका छन् । अध्यादेशले निजामती कर्मचारीहरुलाई मात्रै प्रोत्साहन गर्ने काम गरेको भन्दै स्थानीय तहमा कार्यरत अन्य तह र तप्काका कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् ।  केन्द्रबाट समायोजन भएर खटिने कर्मचारीसँगै स्थानीय तहका कर्मचारी समायोजन हुनु पर्ने आन्दोलित पक्षको माग छ । केन्द्रबाट एक तह बढुवा भई स्थानीय तहमा कर्मचारी पठाइदा वर्षौदेखि काम गर्दै आएका कर्मचारीको वेवास्ता गरिएको र वृति विकासमा ध्यान नदिइएको भन्दै समायोजन अध्यादेश विरुद्ध आन्दोलनमा उत्रिनु परेको स्थानीय तह टे«ड युनियन संयुक्त आन्दोलन परिचालन समितिका केन्द्रीय सदस्य मनोज खड्काले बताउनु भयो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia