- अमर काफ्ले

Posted by Inaruwa Online on Monday, 17 December 2018

चिसोका कारण बजारमा चहलपहल घटेको छ । मौसममा बदली भई हिजोबाट धुम्मिएको आकाश आजसमेत खुल्न सकेको छैन् ।
सुनसरीको इनरुवा सहितका भेगमा विहानैबाट सिमसिम पानी परिरहेको छ । पानी पर्न थालेसँगै बढेको चिसोका कारण बजारमा सर्वसाधारणको चहलपहलमा कमी आएको छ । भिडभाड देखिने बजार तथा पूर्व पश्चिम राजमार्गमा समेत सर्वसाधारणको उपस्थिती पातलिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीमा विकसित फेथाई नामक सामुद्रिक चक्रवातका कारण मौसममा बदलाव आएको हो । जसको प्रभाव नेपालभर देखा परेको विभागले जनाएको छ । पूर्वी र मध्य क्षेत्रमा सामान्य देखि पूर्णतया बदली भई केहि भुभागमा हल्का वर्षा र उच्च हिमाली भुभागहरुमा हिमपात हुने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्ताे छ ३ दिनसम्मकाे माैसम

पुस ३ गते (मंगलवार)

दिउँसो: देशको पुर्वी तथा मध्य भू-भागमा सामान्य देखि पूर्ण बदली रहने तथा पश्चिमी क्षेत्रमा आंशिक बदलि रहने देखिन्छ । देशको पूर्वी तथा मध्य क्षेत्रका केहि स्थानहरुमा  हल्का वर्षा हुने सम्भावना छ । देशको पूर्वी तथा मध्य क्षेत्रको उच्च पहाडी भेगका थोरै स्थानहरुमा हल्का देखि मध्यम खालको हिमपातको सम्भावना रहेको देखिन्छ ।

Posted by Inaruwa Online on Monday, 17 December 2018

 

रातिः देशको पुर्वी तथा मध्य भू-भागमा आंशिक देखि सामान्य बदली रहने तथा बाँकी भू भागहरुमा मौसम सामान्यतया सफा रहने देखिन्छ । देशको पूर्वी क्षेत्रका थोरै स्थानहरुमा तथा मध्य पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । देशको पूर्वी तथा मध्य क्षेत्रको उच्च पहाडी भेगका थोरै  स्थानहरुमा हल्का देखि मध्यम खालको हिमपातको सम्भावना रहेको देखिन्छ ।

पुस ४ गते (बुधबार)

दिउँसो: देशको पुर्वी क्षेत्रमा आंशिक बदलि रहने तथा बाँकी क्षेत्रहरुमा मौसम सफा रहने देखिन्छ ।

रातिः देशभर सामान्यतया मौसम सफा रहने देखिन्छ ।

पुस ५ गते (बिहिवार)

दिउँसो: देशभर सामान्यतया मौसम सफा रहने देखिन्छ ।

रातिः देशभर सामान्यतया मौसम सफा रहने देखिन्छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia