Pani

ताप्लेजुङ, २४ असोज –  ताप्लेजुङमा अवस्थित प्रशिद्ध तिर्थस्थल पाथीभरा मन्दिरमा पानी पुर्याउन नोवल मेडिकल कलेज विराटनगरको आर्थिक सहयोगमा पाथिभरा क्षेत्र विकास समितिले बोतलमा पानी अभियान सुरु गरेको छ ।पाथीभरा क्षेत्रलाई प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरे पनि प्लास्टिकका बोतलमा पानी लैजाने र उतै फाल्ने गरिएको र व्यवस्थपान पनि नहुँदा कार्यन्वयनमा समस्या भईरहेको समयमा पाथीभरामा पानी पनि लैजाने र प्लास्टिक मुक्त क्षेत्र घोषणा लाई पनि सघाउ पुर्याउने उद्धेश्यले तिर्थयात्रीलाई बोतलमा पानी वितरण गर्ने अभियान सुरु गरीएको समितिका अध्यक्ष सजन पौडेलले बताउनुभएको छ ।अब तिर्थयात्रीले माथिल्लो फेदिबाट नोवल मेडिकल कलेज र समितिको नाम अंकित बोतलमा पानी लैजाने र प्रयोग गरी बाँकि रहेको पानी पाथीभरामा जम्मा गर्ने र बोतल माथिल्लो फेदिमा रहेको होटल तथा प्रहरी चौकिमा फिर्ता गर्नुपर्ने पौडेलले बताउनुभयो । यसो गरे पाथिभरामा पानी पनि पुग्ने र तिर्थयात्रीलाई पानी लैजान समेत सहज हुने समितिको विश्वास छ ।पाथिभरामा पानी पु¥याउने उद्धेश्यले नोवल मेडिकल कलेजले दश लाख रुपैयाँ क्षेत्र विकास समितिलाई प्रदान गरेको र सोहि उद्धेश्य बमोजिम केहि रकमले बोतल खरीद गरी तिर्थयात्रिलाई वितरण गर्न माथिल्लो फेदिमा रहेको प्रहरी चौकिको रोहबरमा होटलहरुलाई हिजो प्रदान गरीएको थियो ।बोतल पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष सजन पौडेल र जिल्ला विकास समिति ताप्लेजुङका योजना अधिकृत अम्बिका प्रसाद चौलागाईले संयुक्त रुपमा माथिल्लो फेदि स्थित प्रहरी चौकिका ईन्चार्ज प्रहरी सहायक निरीक्षक कुमार खड्कालाई प्रदान गर्नुभएको छ ।प्रहरीले सनिवारनै माथिल्लो फेदिका होटललाई तिर्थयात्रीलाई वितरण गर्न प्रति होटल १८ वटाका दरले प्रदान गरीएको प्रहरी सहायक निरीक्षक कुमार खड्काले बताउनुभयो । ३ हजार ७ सय ९४ मिटिरको उचाईमा रहेको प्रसिद्ध तिर्थस्थल  पाथीभरामा पानी नहुँदा हिउँ परेको समयमा हिउँ पगालेर प्रयोग गर्ने गरीएको छ भने बाँकी समय माथिल्लो फेदि देखि दुई घण्टाको पैदल यात्रामा पानी बोकेर प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ । साभार : पुर्वेली न्युज

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia