इटहरी । मनोज गजुरेलले पहिलो पटक अभिनेताका रूपमा अभिनय गरेको चलचित्र ‘सय कडा दस’ माघ १८ गते देशव्यापी रिलिज हुने भएको छ । भष्टाचारका कारण प्रेम, समाज र परिवारमा पर्न गएको समस्यालाई चलचित्रले उठान गरेको निर्देशक रामशरण पाठकले इटहरीमा पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।

भ्रष्टाचार विरुद्ध सदाचार सन्देश बोकेको चलचित्र ‘सयकडा दश’ले युवाहरुलाई सकरात्मक रुपमा प्रस्तुत गरेको चलचित्रको निमार्ता रज्जु प्रधानले बताएकी छन । नेपालमा रिलीज हुनुभन्दा पहिला थाइल्यान्ड र म्यानमारदेखि प्रदर्शन थालनी गर्ने निर्माता मनोज निरौलाले बताए ।

चलचित्रको बटम लाइन ‘करप्सन भर्सेस लभ’ भएको निर्माता निरौलाले बताएका छन । निर्देशक रामशरण पाठकले चलचित्रले प्रेम र समाजमा आर्थिक भ्रष्टाचारले पर्ने असरको दृश्य चर्चा गर्ने बताए । हास्य अभिनेता मनोज गजुरेल सँगै राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ, अमित पोखरेल, सोनिया राई, उत्सव न्यौपाने ले अभिनय गरेका छन । चलचित्र लाई रज्जु प्रधान, उत्तम खत्री, डीआर उपाध्याय, संजीव न्यौपानेले दर्शन नेपाल क्रिएसनको ब्यानरमा फिल्म निर्माण गरेका हुन् ।

निर्माणका लागि दर्शन नेपालले डीआर म्युजिक एन्ड ट्रेडिङसँग सहकार्य गरेको छ । नेपालमा प्रदर्शन गर्नुअघि यो चलचित्रलाई थाइल्यान्ड र म्यानमारमा प्रदर्शन गरिने पनि निर्देशक पाठकले बताए । बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन, दीलिप ओखेडाको कोरियोग्राफी रहेको फिल्ममा रज्जु प्रधानको कथा छ । चलचित्रको रामेश्वर कार्की छायाँकार हुन् । हास्यकलाकार राजाराम पौडेल फिल्मको कार्यकारी निर्मातामा छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia