काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत १० औं भाषा परीक्षाको आवेदन फागुन दाेस्राे साता खुल्ने भएकाे छ । इपिएस नेपाल शाखाका अनुसार काेरियाले आगामी सन् २०१९ का लागि नेपालबाट १० हजारभन्दा बढी कामदार लैजाने तयारी गरिरहेकाे छ । कोरिया सरकारले हालै आगामी वर्षका लागि आफ्नो देशमा आवश्यक पर्ने विदेशी कामदारकाे संख्या निर्धारण गरेसँगै नेपालले १० हजारभन्दा बढीकाे काेटा पाउने भएकाे हाे । नेपाली कामदाकाे कार्यक्षमता उत्कृष्ट रहेको जनाउँदै काेरियाले काेटा बढाएकाे हाे ।

कामदार छनाेट गर्न फागुनमा भाषा परीक्षाको सूचना आह्वान गरी जेठको अन्तिम र असार पहिलो साता परीक्षा गर्ने तयारी भइरहेकाे जनाइएकाे छ । वैदेशिक रोजगार विभाग इपिएस शाखाले विगतको वर्षको उत्तीर्ण संख्याका आधारमा आगामी वर्षका लागि नेपालले अनुमानित १० हजार कोटा पाउने जानकारी गराएकाे हाे ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia