काठमाडौँ । बलिउडमा पछिल्लो समय चर्चित कलाकारहरुको फिल्मले बक्स अफिसमा खासै गतिलो कमाइ गर्न सकिरहेका छैनन् । यो वर्ष सलमान खान, आमिर खानका फिल्मले फ्यानहरुले निराश बनाए । यो वर्षको अन्त्यमा रिलिज भएको साहरुख खानको फिल्म जिरोले बक्स अफिसमा धमाल मच्चाउने अपेक्षा गरिएको थियो ।

अपेक्षा अनुरुप फिल्म बन्न नसकेको प्रतिक्रिया आएपछि यस फिल्मले पनि फ्यानहरु निराश बनाएको बताइएको छ । यस फिल्मको तीन दिनको कमाइ सम्रगमा सन्तुलित नै रहेको छ । यो फिल्मले तीनदिनसम्म ५९ करोडभन्दा बढीको कमाइ गरेको थियो । यस फिल्मले विश्वभरबाट १०० करोभन्दा बढीको कमाइ गरिसकेको छ । यस फिल्मलाई आलोचकहरुले पनि ठिकैमात्र भनेका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia