सुपरहिट फिल्म ‘थ्री इडियट्स’ मा चर्चित भूमिका ‘इंजिनियर फुङसुक वांग्डु’ एकजना वास्तविक पात्र हुन् भन्ने धेरैलाई थाहा नहुनसक्छ । यिनको वास्तविक नाम सोनम वाङचुक हो । उनी लद्दाकमा हिमालय इंस्टीच्यूट अफ अल्टरनेटिव्स सञ्चालन गर्छन् र हालै यिनको नयाँ चमत्कार सार्वजनिक भएको छ ।

वाङचुकले महिन्द्रा गाडीको प्रयोग गरेर एउटा घरको छत बनाएका छन् जसको तस्वीर अहिले सामाजिक सञ्जालमा निकै भाइरल भैरहेको छ । यति मात्र होइन महिन्द्रा कम्पनीका सिईओ आनन्द महिन्द्राले आफ्नो ट्वीटर ह्याण्डलमा वाङचुकको यो कारको छतवाला घरको तस्वीर शेयर गरेका छन् ।आनन्द महिन्द्राले वाङचुकले महिन्द्राको कारलाई रिसाइकल गरेर घरको छत बनाएको र उनको इंस्टीच्यूटमा कुनै कुराहरु बेकार हुँदैनन् भनेर देखाएको लेखेका छन् ।

आनन्दको उक्त ट्वीटर पोस्टमा प्रतिक्रिया दिदैँ प्रयोगकर्ताहरुले वाङचुकको कामको खूब सराहना गरेका छन् । सोनाम वाङचुकको भूमिकालाई ‘थ्री इडियट्स’ फिल्ममा आमीर खानले फुङसुक वांग्डुको नामबाट निभाएका छन् ।साझापोष्टको सहयोगमा

तपाईको प्रतिक्रिया

trusted online casino malaysia