काठमाडौं । अमेरिकाको प्रहरी थुनामा फेरि ग्वाटेमालाका आठ वर्षीय बालकको मृत्यु भएको छ । अमेरिकी भन्सार तथा सीमा सुरक्षा निकायले अर्का बालकको मृत्यु भएको पुष्टि गरेको छ । यसै महिना अमेरिकी थुनामा एक ७ वर्षीया बालिकाको मृत्यु भएको थियो ।

यो सँगै एक महिनाको बिचमा अमेरिकी थुनामा परेका दुई आप्रवासी बालबालिकाको मृत्यु भएको छ । ८ डिसेम्बरमा ग्वाटेमालाकी एक ७ वर्षीया बालिका जेकेलिन कालको अमेरिकी प्रहरी थुनामै मृत्यु भएपछि ट्रम्पको कडा आप्रवासी नीतिको चर्को आलोचना भएका थियो ।

सीमा सुरक्षा निकायले सोमबार बालक बिरामी भएको थाहा हुनासाथ न्यू मेक्सिको मेडिकल सेन्टरमा उपचारका लागि पठाइएको जनाएको छ । मेक्सिकोबाट अमेरिका प्रवेश गरेका बालकसँगै उनका बाबुलाई प्रहरीले पक्राउ गरेको थियो ।

सुरुमा बच्चालाई चिसो लागेको अनुमान गरिएको थियो तर पछि जाँच गर्दा ज्वरो आएको पत्ता लागेको थियो । अस्पतालमा बच्चालाई ज्वरो हुँदा खुवाइने इबुप्रोफेन र एमोक्सिसिलिन दिइएको थियो । तर ज्वरो घटेन । बच्चाले पुनःवान्ता गर्नुका साथै रिंगटा लागेको अनुभव गरेका थिए । मध्यरातमा ती बालकको मृत्यु भएको थियो ।

ग्वाटेमाला सरकारले बालकको मृत्युका बारेमा विस्तृत अध्ययन गर्न अमेरिकी सरकारसमक्ष आग्रह गरेको छ । बच्चाको मृत्यु भएपश्चात् सामाजिक सञ्जालमा अमेरिकी अधिकारीको चर्को आलोचना भएको छ ।

‘अमेरिकी प्रशासनको अघिल्तिर अर्को एक बच्चाको प्राण गएको छ,’ टेक्सासबाट डेमोक्राटिक कंग्रेस सदस्य मार्क भेसीले ट्वीटमार्फत भनेका छन्, ‘क्रिसमसका दिन यस्तो हृदयविदारक समाचार सुन्नुप¥यो ।’

‘यो समाचारले दुःखी र विचलित बनाएको छ,’ न्यू मेक्सिकोका सिनेटर मार्टिन हेनरिकले ट्वीटमा भभनेका छन्, ‘यो घटनाका बारेमा विस्तारपूर्वक तत्कालै जानकारी दिइनु पर्दछ, र ट्रम्प प्रशासनलाई बच्चाको मृत्युप्रति जवाफदेही बनाउनै पर्दछ ।’

८ डिसेम्बरमा अमेरिकी थुनामा नै मृत्यु भएकी ग्वाटेमालाकी अर्की बालिका जेकलिनको दाहसंस्कार गरिएकै दिन बालकको मृत्यु भएको हो । बालिकाको शव आइतबार ग्वाटेमाला लगिएको थियो । लामो यात्रापछि बालिकाको शव दुर्गम गाउँमा पु¥याइएको थियो । उनको गाउँमा विद्युत र अरु आधारभूत सुविधा केही उपलब्ध छैनन् ।

स्थानीय गाउँबासी अल्बर्टो पोपले भने, ‘ती बालिका पनि अमेरिकामा सुनौलो सपना साँचेर बाबुआमासँगै अमेरिकातर्फ हिँडेकी थिइन्, तर उनको सपना बाटोमै टुंगियो ।’ ‘तपाइँले सुन्नुभएको होला अमेरिकामा राम्रै कमाइ हुन्छ, र ग्वाटेमालाका कम्पनीमा जस्तो अमेरिकामा अवश्य हुँदैन । त्यही कारण मानिस अमेरिका जान चाहन्छन्,’ पोपले भने । अमेरिकी सपनाको खोजीमा उनका २२ वर्षीय छोरा जोकिन नोभेम्बरमा अमेरिकातर्फ लागेका थिए ।

‘मेरो छोरो म¥यो कि बाँच्यो मलाई थाहै छैन,’ जेकेलिनको दाहसंस्कारमा उपस्थित मारियो कालले भने, ‘दुर्भाग्यवस, आप्रवासीमाथि अमेरिकी सरकारले गरेको यस्तो दुव्र्यवहारको मुख्य कारण नै हाम्रो देशमा आर्थिक स्रोतसाधनको चरम अभाव हो ।’

जेकेलिन कालको डिसेम्बर ८ मा भएको मृत्युले अमेरिकामा ठूलो बहस सिर्जना गरेको थियो । खासगरी अमेरिकी आप्रवासी नीति र आप्रवासीमाथि अमेरिकी सरकारले गरेको व्यवहारलाई लिएर अमेरिकी राष्ट्रपतिको चर्को आलोचना भइरहेको छ । ग्वाटेमाला, होन्डुरस, मेक्सिको समेतका मध्य अमेरिकी देशहरुबाट ठूलो संख्यामा मानिस अमेरिका प्रवेशका लागि हाल अमेरिका र मेक्सिकोको सीमामा धर्नामा बसेका छन् । समाचार राजधानी दैनिकमा छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia