काठमाडौँ / देशमा नर्सहरुको बेरोजगारीको सीमा नाघेको छ । ६६ प्रतिशत नर्स बेरोजगार छन् । नेपाल नर्सिङ काउन्सिलमा कुल ८५ हजार आठ सय ६ नर्स दर्ता भएकोमा २५ हजारले मात्रै रोजगारी पाएका छन् ।

काउन्सिलका अनुसार सात हजार नर्स रोजगारीको खोजीमा बिदेसिएका छन् । काउन्सिलमा दर्ता भएका पाँच हजार नर्सको मृत्यु भइसेको छ । ४८ हजार आठ सय ६ नर्स देशभित्रै बेरोजगार छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया