- मिकाइल आलम

लौकही । सुनसरीको कोशी गाउँपालीकामा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रमका सहभागीहरुले सबैलाई समान व्यबहार गर्न जनप्रतिनिधि र प्रहरीलाई आग्रह गरेका छन् ।

साना लाई ऐन र ठुला लाई चेन जस्तै ब्यवहार जनप्रतिनिधि र प्रहरी बाट भएको गुनासो गर्दै सार्वजनिक सुनुवाइ कार्यक्रमका वक्ताहरुले सबैलाई समान व्यबहार गर्न आग्रह गरेका हुन । समुदाय प्रहरी साझेदारी सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै स्थानीय प्रभु नारायण यादवले प्रहरीले जनप्रतिनिधिको कुरा मात्रै सुनेको गुनासो गरे ।

कानुन सबैको लागि समान हुनुपर्ने भन्दै यादवले प्रहरी र जनप्रतिनिधि लाई दोहोरो चरीत्र नदेखाउन आग्रह गरेका थिए । सोमबार समुदाय प्रहरी पालिका समिति कोशी गाउँपालीका सुनसरीले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा जिज्ञासा् राख्दै प्रमेश्वर शाहले अनिवार्य शिक्षा लागू गर्न र सरकार बिद्यालय सरह निजि बिद्यालय लाई समेत अनुदान दिन कोशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारी लाई आग्रह गरे । यसैगरी कार्यक्रममा आफ्नो दुखेसो राख्दै कोशी गाउँपालीका ५ का रामचन्द्र मेहताले सीमावर्ती क्षेत्रमा भएको चौपाया चोर बिगबिगी रोक्न प्रहरी र जनप्रतिनिधिको ध्यानाकर्षण गराए ।

सार्वजनिक सुनुवाइ मन्तव्य राख्दै स्थानीय बिशेस्वर यादवले कोशी गाउँपालीकामा दमकलको आवश्यकता भएको बताए । यसैगरी स्थानीय महिला संजालकी प्रतिनिधि कविता मण्डलले जिल्ला प्रहरी कार्यालय सुनसरीमा प्रहरीले दुवै पक्षको कुरा नसुन्ने गरेको गुनासो गरिन् । कार्यक्रम जिज्ञासा् राख्ने क्रममा स्थानीय रामचरण यादवले शिक्षा क्षेत्रमा सुधारको लागि गाउँपालीका अध्यक्षले गरेको अनुगमनको तारिफ गरे । जनप्रतिनिधि र प्रहरी प्रशासन जहिले पनि पीडित पक्षलाई न्याय दिलाउने हुनुपर्नेमा यादवको भनाइ थियो । कार्यक्रममा उठेको सर्वसाधारणको जिज्ञासा्को जवाफ दिदै गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीले कानुन भन्दै कोही माथि नभएको बताए ।

आफूले सबै जनता लाई समान रूपको व्यबहार गरेको बताउदै अध्यक्ष अन्सारीले सबैले हातेमालो गरेर विकास कार्यमा लाग्न आह्वान गरे । शिक्षा क्षेत्रमा सुधारको लागि आफू अनुगमन लाई निरन्तरता दिएको अध्यक्ष अन्सारीले बताए । गाउँपालीका भित्र भएका प्रअ र व्यवस्थापन समितिका अध्यक्ष लाई गाउँपालीका अध्यक्ष अन्सारीले राजनीति गर्नुभन्दा बिद्यालय सुधार र शिक्षाको गुणस्तरीयतामा केन्द्रित बन्न सचेत गराए । सबै जातजाति लाई समेटेर नमुना गाउँपालीका बनाउने आफ्नो अभियानमा साथ,सहयोग र सल्लाह सुझावका लागि अध्यक्ष अन्सारीले सबैमा आग्रह गरेका थिए ।

गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा उठेका जिज्ञासा्को जवाफ गाउँपालीका अध्यक्ष ऐयुब अन्सारी,वार्ड नम्बर १ का अध्यक्ष राजकुमार साह,हिरालाल यादव,सुलेमान मन्सुरी,बिओपी लौकहीका सशस्त्र प्रहरी निरीक्षक आन बहादुर गुरुङ,प्रहरी निरीक्षक सुनिल दाहाल,प्रहरी नायब निरीक्षक भिम बहादुर कटुवाल,गाउँपालीका उपाध्यक्ष अनिता यादव,स्थानीय सविता यादव,अरुण यादव लगायतले दिएका थिए भने कार्यक्रममा इलाका प्रहरी कार्यालय लौकहीका प्रहरी नायब निरीक्षक दिपक बराल,सिमा प्रहरी चौकी भाण्टावारीका प्रहरी नायब निरीक्षक अवधलाल साह सोनार,प्रहरी नायब निरीक्षक शिव कुमार शर्मा लगायत ६० जना बढीको सहभागिता रहेकोे थियोे ।

कार्यक्रम समुदाय प्रहरी पालिका समिति कोशी गाउँपालीकाका अध्यक्ष रामनारायण पौदारको अध्यक्षता सम्पन्न भएको थियो भने कार्यक्रम स्थानीय पवन रौनियारले संचालन गरेका थिए ।

तपाईको प्रतिक्रिया