इनरुवा । इनरुवा नगर क्षेत्र भित्र रहेका निजी विद्यालयहरुले प्याब्सनको २८ औ स्थापना दिवशका अवसरमा बिरामीलाई फलफूल वितरण गरेका छन् ।

प्याब्सनको २८ औ स्थापना दिवशमा मंगलवार निजी तथा आवासिय विद्यालय अर्गनाजेशन नेपाल प्याब्सन इनरुवा नगरको आयोजनामा भएको कार्यक्रममा जिल्ला अस्पताल इनरुवामा भर्ना भएका बिरामीलाई फलफुल वितरण गरिएको प्याब्सन कोशी गाउँपालीकाका उपाध्यक्ष अशोक यादवले बताएका छन् ।

इनरुवा अस्पतालको इर्मेजेन्सी तथा वार्डमा भर्ना भएका सुत्केरी, तथा विभिन्न खालका बिरामीहरुलाई विद्यालयका प्रअ तथा अगुवाहरुले फलफुल वितरण गरि प्याब्सन दिवश मनाएको यादवले बताए । कार्यक्रममा निजी तथा आवासिय विद्यालय अर्गनाजेशन नेपाल प्याब्सन सुनसरीका अध्यक्ष विष्णु कोइराला, कोषाध्यक्ष दिपक कार्की, इनरुवा अध्यक्ष मनोज यादव, सचिव रमेश गुरागाई, निरज नेपाल, हेमन्त शर्मा, युवराज पोखेरल, शिशिर दत्त, अस्फाक आलम, विदुर बराल, नवराज बराल, खगेन्द्र केसी, मनोज चापागाई लगायत विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक शिक्षिकाहरु सहितको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया