इलाम । प्राध्यापक डाक्टर गोविन्द केसीले संघीय संसद्को संसदीय उपसमितिलाई बिगतमा गरेको सम्झौता कार्यन्वयन गर्न दिएको समय आज (बुधबार) सकिँदैछ । आज दिउँसो सम्ममा पनि माग पूरा नभए दिउँसो ४ बजेबाट नै १६ औं सत्याग्रह इलामबाट थाल्ने चेतावनी दिएका छन् ।

संसदीय उप समितिले १५ औं सत्याग्रहको उपलब्धी स्वरुप राज्यस“ग भएको सहमति लत्याएकाले इलामबाट १६ औं सत्याग्रह सुरु गर्ने मंगलबार इलाममा सञ्चारकर्मीसंग बताए । अबको सत्याग्रह स्वास्थ्य क्षेत्रस“ग मात्र सम्वन्धित नरहेर भ्रष्टचार र कुशासनको बिरुद्धमा हुने बताए । यसअघि सम्झौता कार्यान्वयन नभएको भन्दै डा. केसी पुष १७ देखि सत्याग्रह बस्न इलाम आएका थिए । तर संसदीय उप समितिले २ दिनको समय माग गरेपछि केसीले उल्टै समितिलाई सात दिनको समय दिएका थिए ।

आफूले दिएको समय सकनि एकदिन बाँकि हुँदा पनि माग पूरा गर्ने छाटकाँट नदेखेपछि पुनः सत्याग्रहकालागि उनी मंगलबार इलाम आएका हुन् । सत्याग्रहका लागि जुनसुकै स्थल पनि हुनसक्ने बताएका छन् । आजको नेपाल समाचारपत्रमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia