Posted by Inaruwa Online on Wednesday, 9 January 2019

इनरुवामा जारी मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा ग्रुप बी बाट त्रिभुवन आर्मी क्लब सेमिफाइनल प्रवेश गरेको छ । इनरुवा खेल मैदानमा आज सम्पन्न प्रतियोगितामा प्रदेश नम्वर ६ लाई हराउदै आर्मीले सेमिफाइनलमा स्थान पक्का गरेको हो । अघिल्लो खेलमा प्रदेश तीनलाई पाखा लगाएको आर्मीले शतप्रतिशत नतिजा निकाल्ने क्रममा प्रदेश नम्वर ६ लाई २ सय ४९ रनले पराजित गरेको छ । आर्मीले दिएको ३ सय १५ रनको लक्ष पछ्याएको प्रदेश नम्वर ६ ले केवल २५ दशमलव ५ ओभर खेल्दै ६५ रन मात्र बटुल्न सक्यो ।

Posted by Inaruwa Online on Wednesday, 9 January 2019

टिमकालागि फराकिलो जित दिलाउन आर्मीका कुशल मल्लले ४ र सहाव आलमले ३ विकेट लिए । प्रदेश ६ कालागि निश्चल महतले २७ र टेक सलामीले १६ रन जोडे । प्रदेश ६ का ६ जना ब्याट्सम्यान शुन्य रनमा आउट हुन पुगेका थिए । यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको नेपाल आर्मी ४७ दशमलव २ ओभरमा अलआउट भएको थियो । अलआउट हुनुपूर्व क्यापटेन बिनोद भण्डारीको शतकको मद्दतमा त्रिभुवन आर्मी क्लबले ३ सय १४ रन जोडेको थियो । विष्फोटक ब्याटिङ गरेका भण्डारीले ६५ बल खेल्दै १३ चौका र ३ छक्काको मद्दतमा १ सय ३ रन जोडे । त्यसैगरी टिमको लागि ३ सय रनको आंकडा पार गराउने क्रममा भीम सार्कीले ९६ रनको पारी खेले । खेलको म्यान अफ द म्याच आर्मीका क्यापटेन भण्डारी घोषित भए । प्रतियोगिता अन्र्तगत भोलिको खेल प्रदेश ३ र प्रदेश ६ बीच हुने छ ।

Posted by Inaruwa Online on Wednesday, 9 January 2019

तपाईको प्रतिक्रिया