इनरुवा। सुनसरी स्थित  कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा  मृत अवस्थामा हात्ती फेला परेको छ । बुधबार बिहान पश्चिम कुशाहा  तर्फ वयस्क  जङ्गली भाले हात्ती मृत अवस्थामा  फेला परेको हो । खर काट्न पुगेका स्थानीयहरूले मृत हात्ती देखेपछि जानकारी पाएकाे कोशी टप्पु वन्यजन्तु आरक्षले बताएकाे छ ।

मृत  हात्तीलाई आरक्षको टोली, मध्यवर्ती समितिका पदाधिकारी, आरक्षको सुरक्षाका लागि खटिएका सेनालगायतको टोलीको रोहबरमा बुधबार मुचुल्का तयार गरी खाल्टो खनेर पुरिनुका साथै मृत्यूकाे कारण पत्ता लगाउन विभिन्न अङ्गका टुक्रा काठमाडौंमा टेस्टका लागि पठाइसकाे आरक्षले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया