- अमर काफ्ले

सुनसरीको कोशी गाँउपालिकामा माघको दोस्रो साता बाट राष्ट्रिय कुस्ती प्रतियोगिता संचालन हुने भएको छ । राष्ट्रिय खेलकुद परिषदको मुख्य सहयोग र संयोजनमा प्रतियोगिता आयोजना गर्न लागिएको राष्ट्रिय खेलकुद परिषदका सदस्य शम्भु आचार्यले जानकारी दिनुभयो । आचार्यका अनुसार माघ ११ गतेबाट वीपी मेमोरियल राष्ट्रिय कुस्ती प्रतियोगिता संचालन गरिने छ ।

लौकहीमा आयोजना हुने कुस्ती पहिलो पटक नेपालमा ओलम्पिक स्तरको वजन समुहमा खेलाईने आचार्यले जानकारी दिए । कोशी गाउँपालिका र सृष्टी समाज स्थानीय आयोजक रहने राष्ट्रिय कुस्ती प्रतियोगितामा आयोजक सहित तीनवटै विभागिय टिम र ७ वटै प्रदेशको सहभागिता रहने जिल्ला खेलकुद विकास समिति सुनसरीका सदस्य बसन्त सुवेदीले बताए । प्रतियोगितामा भारतका विभिन्न स्थानमा चर्चामा रहेका नेपाली कुस्ती खेलाडी देव थापा अर्थात थापा पहलमानको समेत सहभागिता रहने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया